NRNA Official Seal/LOGO

NRNA: बिज्ञ सम्मेलनमा बिज्ञ भन्दा डन धेरै, कुपनमा ३४ लाख भन्दा धेरै खर्च, उपलब्धि माथि प्रश्न

Hollywood Khabar October 14,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघले आयोजना गरेको पहिलो बिज्ञ सम्मेलनलाइ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भए अनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२–१४, २०१८ मा पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरिएको थियो।

यो लेख्दा अक्टुवर १५ को प्यासिफिक समय अनुसार रातीको ११ बजेको छ। यो समय सम्म बिज्ञ सम्मेलनका उपलब्धि के कति र कसरी भए भनेर आधिकारिक बिज्ञप्ति या रिपोर्ट प्राप्ति भएको छैन। त्यसको जवाफ आउला या न आउला त्यो भने बाँकी नै छ।

उसो त प्रति एकजनाको प्रवेश एकसय अमेरिकी डलर तोकिएको ठाउँमा दैनिक ३०० देखि ४०० जति खानाका कुपन भने फ्रीमा बाँडियो। दैनिक १५/१६ लाख त फोकडको खाना कुपन मै गयो। त्यसको जोड ३४ लाख भन्दा धेरै अनुमान गरिएको छ। सहभागि भने सुन्य जस्तो थियो। यसको मतलब ?

फोकडको कुपन कुनै बिज्ञ, पत्रकार र एनआरएन या सरकारी मान्छेले होइन डन र उनीहरुका टोटल ग्याङ समेतलाइ खानाको लागि दिएको भत्तेर सुविदा हो। नेपालको राजनैतिक पार्टीमा डन हुन्थे त्यो त सुनेको हो। तर अब एनआरएनहरुको सँस्थाको कार्यक्रममा पनि डन पाल्ने काइते बुद्धि कसले दियो त्यो भने खोजीको बिषय भएको छ। यो कुनै आरोप होइन, हलिउड खबरका प्रतिनीधितले स्थलगत रुपमा लिएको रिपोर्टिंङको आधारमा लेखिएको हो।

यो सम्मेलनमा कति आम्दानि भयो र कति खर्च भयो त्यो त संघका कोषाध्यक्ष हिक्मत थापाले रिपोर्ट सार्वजनिक गर्नु नै होला । उपस्थित एक व्यक्तिका अनुसार ५० लाख पनि प्रवेश शुल्क उठेको छैन तर जम्मा खर्च भने २ करोड छुने अनुमान छ। स्पन्सरहरुको योगदानलाइ झिक्ने हो भने यो सम्मेलनबाट संघ डुब्ने पक्का पक्कि थियो।

कार्यक्रममा उपस्थितहरु भन्छन प्यानलिष्ट बाहेक सहभागीहरु एक दर्जन भन्दा कम हुन्थे। कहिले काहिँ त प्यानलिष्ट मात्र पनि हुन्थे। यो सम्मेलनलाइ प्रधानमन्त्रीले उद्घाटन गरेता पनि सरकारको ध्यान यतातिर गएको छैन। त्यो पक्षमा आयोजकहरु किन चुके भन्ने प्रश्न छँदैछ। श्रममन्त्री गोकर्ण बिष्टले त आफू आउँदा १० जना पनि व्यक्ति उपस्थित नभएको देखेपछि आफू अपमानित भएको ठाने। अनि मन्त्रीले आफ्नो मन्त्रालय मै आएको भए बरु थुप्रै जम्मा गरिदिने जवाफ पनि दिए। आयोजकको कमजोरीप्रति बिष्टको भनाइ कति कडा सम्म आयो त्यो भने यहाँ उल्लेख गर्न नै कठिन छ।

स्वयं सँस्थापक अध्यक्ष डा उपेन्द्र महतो समेतले १ घण्टा भन्दा कम समय दिएको चर्चा छ। संघको IES र परिषदका पदाधिकारी, सदस्यहरुले पटक्कै सघाएनन त्यो भने प्रत्यक्ष देखियो। एकातिर अध्यक्ष भबन भट्ट र पूर्व अध्यक्ष जिबा लामिछानेबीच विवाद छाताछुल्ल हुनु, सँस्थापक र पूर्व अध्यक्षहरुलाई वेवास्ता गर्नु त छँदै छ।

अर्को तिर बिज्ञ सम्मेलन आयोजकले मिडिया र आफ्नै एनआरएनका बीच पुग्न नसक्नुले त्यसको नकारात्मक फल ठूलो हुनपुग्यो भन्छन संघका अभियन्ताहरु। यसरी असहयोग भएपछि आयोजक समितिका संयोजक डा हेमराज शर्मा निराश भएर गुनासो गर्दै गंभिर मूड बनाएका छन्। यस बाहेक सबै कार्यक्रमको लागि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा के के प्रस्तुति गरियो त्यो पनि सम्म आएको छैन।

यस बिषयमा यो सम्मेलनलाइ जिम्मेवारीको पाटो लिने संघका उपाध्यक कुमार पन्तसंग सम्मेलन अगाडि हलिउड खबरसंग गरिएका कुरा र सम्मेलन पछि उहाँहरुले गरेका कामका कुराबारे अर्को पटक प्रस्तुत गरिनेछ। त्यो बीचमा आयोजकको रिपोर्ट कसरी आउला त्यो त बाँकी नै छ।