-एनआरएनए एनसीसी केन्याद्वारा नैरोबी बिमानस्थललाई मास्क सहयोग

एनआरएनए एनसीसी केन्याद्वारा नैरोबी बिमानस्थललाई मास्क सहयोग

Hollywood Khabar February 10,2021 Comments

हलिउडखबर, नैरोबी, केन्या, फेब्रवरी ११, २०११

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्व परिषद (एनआरएनए एनसीसी) केन्याको तर्फबाट नैरोबी बिमानस्थल अध्यागमन बिभागलाई १० हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ

एनआरएनए एनसीसी केन्याका सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तर राष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग केन्याकी उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई सो सहयोग हस्तान्तरण गरिएको हो। एनआरएनए एनसीसी केन्याको तर्फबाट १० हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको हो।

कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले सानै भएपनि गरिएको सो सहयोग हस्तान्तरन कार्यक्रममा एनआरएनए एनसीसी केन्याका महासचिव टीका धिताल, पुर्ब आइसीसी सदस्य यादब काफ्ले, पुर्ब अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी उपस्थित थिए।

केन्यामा रहेका नेपालीहरुको सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए एनसीसी केन्यालाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गर्नुभयो। संघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै भबिस्यमा पनि यस्तो सहयोग जारी राख्ने बिश्वास व्यक्त गर्नु भयो।