MS Junu Maya Gurung, Deputy Regional Women Coordinator, NRNA, The Asia-Pacific Region

NRNA: दण्ड हिनता होइन महिला हिंसाको अन्त हुनुपर्छ-उपसंयोजक गुरुङ

Hollywood Khabar September 18,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC), एशिया तथा प्रशान्त क्षेत्रिकी क्षेत्रीय महिला उपसंयोजक जुनु माया गुरुङले एक बक्तब्यद्धारा महिला हिंसाको अन्त गर्न माग गरेकी छन्। उपसंयोजक गुरुङ, उक्त क्षेत्रको महिला फोरमकी संयोजक पनि हुन्।

उपसंयोजक गुरुङले लोकतान्त्रिक नेपालमा सबको हक, अधिकार र स्वतन्त्रता समान हुनुपर्नेमा त्यसो नभएको दावी गरेकी छन्। हत्या हिँसा, बलात्कारका घट्न दैनिक रुपमा बढेका छन्। बक्तब्यमा गुरुङले हालै कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी स्कूले किशोरी निर्मला पन्तको हत्यारालाई अनुसन्धानको बहानामा  र टोलीका टोली बनाएर होइन अभिलम्ब कठाघरामा उभ्याउन समेत माग गरेकी छन्।

हरेक स्तरमा अपराध बढ्दै जानु र दण्ड कम या नहुनुले राष्ट्र दण्डहिनता तर्फ उन्मुख भएको छ। कानुनी राज्यको बिकास भन्दा उपहास भएको छ। अपराध र अपराधी जो कोही नै भए पनि कानुननी रुपमा कारवाही गर्नुपर्छ। राज्यले आफ्ना नागरिकको सुरक्षा र मानव अधिकारको प्रत्याभूति दिनुपर्दछ गुरुंगले भनेकी छन्।

यसै प्रसङ्गमा निर्मला पन्तको परिवारलाई न्यायको माग आम गैरआवासीय नेपालीहरुको रहेको समेत गुरुङले उल्लेख गएकी छन्।

क्षेत्रीय उपसंयोजक गुरुङले गैरआवासीय नेपाली संघको महिलाहरुको नेतृत्व गर्दै निर्मला पन्तको हत्यारालाई तत्काल कारबाही गर्न माग सहितको ज्ञापनपत्र नेपाली दूतावास दक्षिण कोरियामा मार्फत नेपाल सरकारलाइ बुझाउने कुरा हलिउड खबरलाइ बताएकी छन्। उक्त ज्ञापनपत्र बुधबार, सेप्टेम्बर १९, २०१८ मा बुझाइने छ।