NRNA कान्साईमा लफडा: संयोजकबाट महेश कटवालको राजिनामा

Hollywood Khabar July 12,2017 Comments

जापान/Hollywood Khabar संवाददाताबाट
आफ्नो नैतिकता र सामाजिक प्रतिष्ठालाइ मुख्य नजिर ठान्दै एनआरएनए कान्साईको संयोजकबाट महेश कटवालको राजिनामा दिएकाछन।
निर्बाचन गर्दा समाजमा भद्रगोल हुन्छ, हामी बिचको भाइचारा बिग्रिन्छ जसरि पनि मिल्नुस भनि बिधान र बिधि बिपरित मिलाउने प्रयास गरेर षड्यन्त्र गरियो। पूर्ण तरिकाले समग्र कान्साईबासी नेपालीको इज्जत र संस्थाको इज्जतमा दाग लगाउन सफल निरिह कार्यसमित र निर्बाचन समितिमा रहेका आइसीसी सदस्य तथा एनआरएनए जापान सल्लाहकार  लगायतको समेत समाजलाई बिखन्डन तिर लाने सोच जस्ता आरोप सहित कटवालले आफ्नो राजीनाम दिएको कुरा बताइएको छ।
संस्थाको इज्जतमा खेलबाड गर्नेहरुको झुण्डमा रहेर सक्रिय रुपमा कार्य गर्न मेरो नैतिकताले दिंदैन। त्यसैले एक-एक बर्ष बाँढेर कार्यसम्पादन गर्ने भन्ने बिसयको निर्णयबाट पछि हट्दै नेपाली समाजमा अमनचयनको सिर्जना गर्न सफल मेरा सहकर्मीलाइ सम्पूर्ण दुइ कार्यकाल चलाउने गरि म आफु यो कार्यसमितिबाट पछि हट्ने निर्णयमा पुगेको जानकारी गराउदछु, राजिनामा भनिएको छ।
अधिबेसनको दिन सम्पूर्ण नेपाली हरुको इज्जत लाइ जापानिज समाजमा नंग्याउदै मदिरा निषेधित अधिबेसन स्थलमा मदिराले लट्ठ भएर उपस्थिती थिए। यो अर्को सुनियोजित तरिकाले मदिरापान गराई उदण्ड व्यवहारको साथमा चेलीबेटीहरुको उपस्थितिका बाबजुद पनि अपाच्य शब्दहरु प्रयोग गर्ने कार्यक्रम स्थलको तोडफोडमा गर्ने कार्य भयो। त्यसरी तोडफोडमा उत्रनेहरुलाई जतिसक्दो चाडो छलफलमा राखी आगामी दिनमा यस्ता किसिमका हर्कतहरु नगर्ने गरि कबुल गराएर आबस्यक प्रक्रियामा लाने गरि कार्यसमिति अगाडी बढ्नेछ भन्ने कुरा कटवालले कामना गरेका छन्।
बिगत १० बर्षदेखी निरन्तर यो संस्था र नेपाली समाजको लागि आफुले दिएको योगदानमा कार्यसमिति बाहिर रहेर पनि कार्यसमितिले र नेपाली समाजले मेरो आबस्यक्ता बोध गरेको ठाउमा आफुले आफ्नो तर्फबाट सक्दो इमान्दारिता पुर्बक पाएको जिम्मेवारी निभाउने प्रतिबद्दता पनि ब्यक्त गर्दछु।
राजीनामाको पृष्ठप्रति: