NRNA आयरल्याण्ड र नर्दन आयरल्याण्ड एनसीसी बीच फुटबलखेल

Hollywood Khabar June 24,2018 Comments

बिबेक राज सापकोटा/डब्लिन
१८ जुन २०१८ सोमबार बेल्फास्टकको ओजोन पार्क मैदानमा भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय सामन्वय परिषद (एनआरएनए एनसीसी) आयरल्याण्ड र नेपाली समाज नर्दन आयरल्याण्ड बीच  मैत्रीपुर्ण फुटबल ( ११ ए साइड ) खेल सम्पन्न भयो।

एनआरएनए एनसीसी आयरल्याण्ड नेपाली समाज नर्दर्न आयरल्याण्डसँग ४-2 ले बिजयी भएको छ। एनआरएनए एनसीसी आयरल्याण्डको तर्फबाट पहिलो गोल, कप्तान दीपक कार्कीले गर्नु  भएको थियो भने बाकी गोल क्रमस सुनिल गौतम, हेम छ्यन्ताल र प्रदिप काजी श्रेष्ठले गर्नु भएको थियो।

तेस्तै नेपाली समाज  नर्दन आयरल्याण्डको तर्फबाट  तेज रेग्मी र गौरव सापकोटाले क्रमस गोल गर्नु भएको थियो। एनआरएनए एनसीसी आयरल्याण्डका कप्तान दीपक कार्कीले यो खेल एउटा  भिन्न र रमाइलो अनुभन रहेको बताउनु भयो।
कार्यक्रम पश्चात  एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पुर्ब अध्यक्ष गणेश प्रसाई र कप्तान दीपक कार्कीले संयुक्त रुपमा नेपाली समाज नर्दन आयरल्याण्डको टोलिलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो।

एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष कोइरालाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै  यो कार्यक्रम सम्पन्न गराउन बिशेष भूमिका लिनुभएका एनआरएनए एनसीसी आयरल्याण्डका आयरल्याण्डका सचिब बिबेक राज सापकोटा, युवा संयोजक प्रविन कोइराला  र नेपाली समाज नर्दन आयरल्याण्डका सचिब अब्जन आचार्यलाई धन्यवाद दिदै यस्तो कार्यक्रम भविष्यमा पनि गरिरहनु पर्ने बताउनुभयो।

साथै नेपाली समाज नर्दन आयरल्याण्डका अध्यक्ष लिला राम न्युरेले पनि कार्यक्रम  उत्कृस्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको र सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शनी रहेको बताउदै बरिस्ठ व्यक्तित्वहरु नारायण कंडेल, लक्ष्मन् चिमोरिया, बिकाश चुडालको साथमा सम्पूर्ण खेलाडीहरुलाई प्रमाण पत्र र मायाको चिनो हस्तान्तण गर्नुभयो।
एनआरएनए एनसीसी आयरल्याण्ड को तर्फबाट खेलाडीहरु दीपक कार्की,  रितम ढकाल, मनोज भट्टराई, बिनय थापा, राजेश के सि, हेम छ्यन्ताल, प्रदिप काजी श्रेष्ठ, रवि बोगटी, बुद्ध महर्जन, राजकुमार प्रसाई, समिर बस्ताकोटी, सुनिल गौतम, छुल्तिम दोर्जे शेर्पाको सहभागीता थियो।
त्यसै गरि नेपाली समाज नर्दन आयरल्याण्डको, तर्फबाट खेलाडीहरु अब्जन आचार्य, जीवन आचार्य, गौरव सापकोटा, हिमाल न्युरे, आकाश कंडेल, प्रमोद कंडेल, जनक कंडेल, तेज रेग्मी, अरुण सेडाइ, हरि थापा, मिलन पाठक सगर न्युरे, अमृत आचार्य, बिष्णु छेत्री, आशिस कंडेल, बिशाल आचार्य सहभागी हुनु भएको थियो।

खेल हेर्नका लागि  डब्लिन र बेल्फास्टबाट खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम पश्चात खानपिनको व्यवस्था गरिदिनुहुने लक्ष्मण चिमरिया  तथा सम्पूर्ण इंडिया गेट रेस्टुरेन्ट परिवारलाई एनआरएनए एनसीसी आयरल्याण्डले हार्दिक कृतज्ञता ब्यक्त गरेको थियो।