-गैरआवासीय नेपाली संघ कार्यकारी सचिवालयद्वारा बिशेष महाधिवेशन संबन्धि महत्वपूर्ण निर्णय पारित

गैरआवासीय नेपाली संघ कार्यकारी सचिवालयद्वारा बिशेष महाधिवेशन संबन्धि महत्वपूर्ण निर्णय

Hollywood Khabar December 20,2020 Comments

मिति २० डिसेम्बर २०२० मा बसेको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ।

१) नेपालको चितवनस्थित भरतपुर महानगरपालिकालाई mobile blood bank (घुम्ती बस) प्रदान गर्न सक्रिय भूमिका खेल्नु भएका mobile blood bank परियोजनाका संयोजक गौरीराज जोशी, समितिका सदस्य लगायत परियोजनामा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्दै दोश्रो घुम्ती बस सुदुरपश्चिम क्षेत्रमा अक्टोबर २०२१ सम्ममा प्रदान गर्न गौरीराज जोशी र हिक्मत थापालाई जिम्मेवारी दिने निर्णय गरियो।

२) विशेष अधिवेशनको मिति परिवर्तन गर्ने सम्भावनाबारे छलफल गरियो। मिति परिवर्तन गर्दा केही वैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने र त्यसका कारण अधिवेशनमा विलम्व हुने हुँदा पुर्व निर्धारित मिति अर्थात् जनवरी २३ र २४ तारिखमा नै अधिवेशन गर्ने निर्णय गरियो।

३) विशेष अधिवेशनका प्रतिनिधिहरुले दर्ता प्रक्रिया अगाडि बढाउने। पहिलो चरणमा २०१९ को महाधिवेशनका सबै प्रतिनिधिहरुलाई १० दिनको समयसीमा निर्धारण गरी दर्ता गर्नका लागि आह्वान गर्ने। तोकिएको समयसीमाभित्र (२०१९ का सबै महाधिवेशन प्रतिनिधिहरुले) दर्ता नगराएमा रिक्त स्थानमा राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ अनुसार प्रतिनिधि चयन गर्ने सम्बन्धमा विधान व्याख्या समितिले गरेको व्याख्यालाई थप स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरियो ।

४) MIS लगायत Smart NRNA Project लाई व्यवस्थित र पारदर्शी बनाउन उपाध्यक्ष मन केसीलाई प्राविधिक सल्लाहकारको जिम्मेवारी दिने । Online Voting System लाई पारदर्शी बनाउन एक स्वतन्त्र प्रणाली (सिष्टम) अडिट समिति बनाउने निर्णय गरियो।

५) सन् २०२१ मा हुने दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनपछि बन्ने पञ्जिकृत सदस्यको शुल्क शून्य बनाउने गरी विधान संशोधनका लागि विशेष महाधिवेशनमा प्रस्ताव लैजाने। दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन भन्दा पहिले हुने पञ्जिकृत सदस्यहरुको हकमा भने हालकै सदस्यता शुल्क कायम राख्ने निर्णय गरियो।

६) अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिवेदनहरुको छनोट प्रक्रियालाई परिवर्तन गर्न विधान संशोधनको प्रस्ताव लैजाने। आइसीसीका वर्तमान तथा पुर्व संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्यहरु, पदाधिकारी र सदस्यहरु, विभिन्न समिति र कार्यदलका संयोजकहरु, तथा एनसीसीका पुर्व तथा वर्तमान पदाधिकारीहरुलाई प्राथमिकताका आधारमा ७०%, प्राज्ञिक, सहयोगी एवं दाता तथा पेशागत व्यक्तिहरुबाट मनोनित १०% र बाँकी २०% प्रतिनिधि एनसीसीको अधिवेशनबाट चुन्ने व्यवस्था गर्ने र यसको विस्तृत खाका विधान संशोधन सुझाव समितिले तयार गर्ने। प्रतिनिधीका सम्बन्धमा बैठकमा उठेका अन्य सुझाव विधान संशोधन सुझाव समितिमा पठाउने निर्णय गरियो।

डि बि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ

डिसेम्बर २१, २०२०