-पुर्व प्रवक्ता रन्जु वाग्ले थापा उपाध्यक्षमा उम्मेद्वार

NRNA:एनआरएनए उपाध्यक्षमा पुर्व प्रवक्ता रन्जु थापा उम्मेद्वार हुने

Hollywood Khabar September 05,2019 Comments

कृष्ण के सी/अमेरिका/९/६/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९-२०२१ कार्यकालको लागि पुर्व प्रवक्ता रन्जु वाग्ले थापा महिला तर्फको उपाध्यक्षमा उम्मेद्वार हुने भएकी छन्।

पूर्व सचिव र प्रवक्ता समेत रहेकी राज्नु वाग्ले थापाले हलिउडखबरसंगको कुराकानीमा सो जानकारी दिएकी हुन्। आफू चितवन जिल्लाको बताउने थापा १९९५ देखि अष्ट्रेलियामा बस्दै आएकी छन्। गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी अष्ट्रेलियामा महिला शसक्तिकरणको लागि महिला फोरम स्थापन गर्दै २००९ मा सोको नेतृत्व समेत गरेको बताउने थापा संघमा २००५ मा सदस्य बनेको बताउँछिन। २००९-२०११ को अबधिमा आफू महिला उपसंयोजक रहँदा महिला फोरम ३५ देशमा बिस्तार गरेको समेत उनले बताइन।

थापा २००५ मा नै एनआरएनए एनसीसी अष्ट्रेलियाको संस्थापक उपाध्यक्ष भएकी थिइन। त्यसपछि २००७-२०११ सम्म आइसीसीको महिला उपसंयोजक रहिन। २०११-२०१३ मा भएन उनी आइसीसीको महिला संयोजक बनिन। २०१३-२०१५ मा सचिव र २०१५-२०१७ मा प्रवक्ता थिइन थापा।

यो पटक उनि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टुवर २०१९ मा हुने निर्वाचनमा महिला उपाध्यक्षका लागि उम्मेदवार हुने भएकी छन्।