-एनआरएनए आइसीसी अध्यक्ष पन्त कोभिड-१९ फेसबुक लाइभमा ब्रिफिङ्ग गर्दै

एनआरएनए आइसीसी अध्यक्ष पन्त कोभिड-१९ फेसबुक लाइभमा ब्रिफिङ्ग गर्दै

Hollywood Khabar March 26,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२७/२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुमार पन्तले कोभिड १९ बारे फेसबुक लाइभमा ब्रिफिङ्ग गर्नुहुने भएको छ।

एनआरएनए आइसीसी अध्यक्ष पन्तले COVID-19 ले नेपाली समुदायमा पारेको असर र गैरआवासीय नेपाली संघले गर्दै आएको सहयोगको सम्वन्धका ब्रिफिङ्ग गर्नुहुनेछ। संघका अध्यक्ष पन्तसँग सो लाइभमा सहभागी हुन नेपालको समय अनुसार मार्च २९, २०२० साँझ ६:४५ मार्क गर्नुहुन अनुरोध गरिएको छ।

संघको आधिकारीक फेसबुक पेज https://www.facebook.com/NRNAOfficial सो Live हुने छ। लाइभमा संघका केन्द्रिय देखि एनसीसी र स्थानीय तहका सबै पदाधिकारी, सम्पूर्ण गैरआवासीय नेपालीहरु, संचारकर्मी, पत्रकारका साथै अन्य संघ-सँस्थाका प्रतिनिधिहरुलाइ पनि सहभागिताको लागि अनुरोध गरिएको छ।

अन्तमा, फेरी पनि Facebook Live संघको आधिकारीक फेसबुक पेजबाट गरिने छ। पेजको लिंक यहाँ पुन: दिइएको छ। यो https://www.facebook.com/NRNAOfficial फेसबुक लिंकमा लाइक गरेर सबैजना सहभागी हुन सक्नुहुनेछ।