NRNA:एनआरएनए आइसीसी महासचिवमा डा केशब पौडेल उम्मेदवर हुने

0
shares

by Krishna KC | Updated: 16 Aug 2019

146 views
-NRNA:एनआरएनए आइसीसी महासचिवमा डा केशब पौडेल उम्मेदवर हुने

कृष्ण के सी/अमेरिका/८/१६/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को महासचिवमा डा केशब पौडेल उम्मेदवार हुने भएका छन्।

नेपालको तनहुँ जिल्लामा जन्मेर टिचिङ हस्पिटल महाराजगंजबाट एमबिबीएस गरेका डा पौडेल अमेरिकाबाट मेडिकल डाक्टर डिग्री अनि एमबिए समेत सकेर मेडिकल पेशामा रहेका छन्। उसो त बिधार्थी कालमा उनी राजनीतिमा पनि थिए। नेपाल बिधार्थी संघको केन्द्रिय सदस्य पनि भएका हुन्। नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना कालमा समेत संलग्न डा पौडेल विभिन्न संघ-सँस्था हुँदै एनआरएनको अभियानमा भने २०१३ देखि आधिकारिक रुपमा संलग्न भएका हुन्।

२०१३-२०१५ कार्यकालमा डा पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सल्लाहार थिए। २०१५ -२०१७ र २०१७-२०१९ मा गरि दुइ-दुइ कार्यकाल एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष भएर काम गरेका छन् डा पौडेलले।

२०१७ को निर्वाचनमा नै आफू आइसीसी महासचिवको दावी गर्दै-गर्दा पनि एनसीसी अमेरिकाको अध्यक्षमा नै दोहोरिएका डा पौडेल यो पटक भने पक्का महासचिवकै लागि उम्मेदवार हुने भएका छन्।

एनआरएनए एनसीसी अमेरिकाको टेक्सस राज्य च्याप्टरद्वार आयोजित आइसीसी उपाध्यक्ष कुल आचार्यसँगको अन्तरकृयामा डा पौडेलले आफू आइसीसी महासचिवमा उम्मेदवार हुने कुराको घोषणा गरेका हुन्।

त्यसपछि हलिउडखबरसँगको छोटो कुराकानीमा उनले आफू यो पटक तयारीका साथ महासचिवमा उम्मेदवार हुन लागेको बताएका छन्। सम्पूर्ण एनआरएनए एनसीसीहरुलाई एउटा ब्राण्डको प्रडक जस्तै स्ट्याण्डर्ड बनाउनु पर्छ। संघको भिजन २०२० अनुरुपको नीति-बिधि तयार पारेर सोहि अनुरुपको संघको शशक्त प्रशासन बनाएर चलाउनुपर्छ।

परिस्थतिका आधारमा विश्वका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई तीन खण्डमा राखेर त्यसैका आधारमा संघका सदस्यहरुको सुविधाको ब्यबस्था गर्नुपर्छ। अमेरिका, क्यानाडा र अष्ट्रेलिया जस्ता ठूला देशहरुमा एक भन्दा धेरै एनसीसी बनाउनुपर्छ।

गैरआवासीय नेपालीहरुको अरु धेरै मुख्य मुद्धाहरु समेत उजागर गर्नुपर्छ भन्ने लगायतका बिषय लिएर आफू महासचिवको लागि उम्मेदवार हुन लागेको कुरा डा पौडेलले हलिउडखबरसंग बताएका छन्।