-NRNA:गैरआवासीय नेपाली संघमा महासचिवका लागि ५ जना आकांक्षी

NRNA:गैरआवासीय नेपाली संघमा महासचिवका लागि ५ जना आकांक्षी, को कताबाट लड्ने ?

Hollywood Khabar July 30,2019 Comments

कृष्ण के सी/अमेरिका/७/३१/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ मा काठमाण्डौमा हुँदैछ।

संघको २०१७ निर्वाचनमा लगभग २०० जति उम्मेद्वारहरु मैदानमा थिए। यो पटक त्यो संख्या घट्ने होइन झन् बढ्ने देखिएको छ। यसबाट बेफाइदा भन्दा फाइदा नै धेरै छन्। एउटा कुरा त संघमा शुल्क जम्मा हुन्छ, अर्को कुरा सबैलाई संघप्रति चासो बढ्छ। बिचौलियाहरुको प्रचारको गति हेर्दा सबैभन्दा धेरै त फेसबुकलाइ फाइदा होला जस्तो छ। संस्थाको इतिहास र मर्मका त कुरै छाडौं संघको नाम नै पनि कन्स्टिपेशन निकालेर उच्चारण गर्नेहरु कुनै न कुनै पदका लागि दावेदार र उम्मेदवार हुने भन्दै छन्।

२०१९ को लागि अध्यक्षमा वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य नै पक्का पक्कि भएका छन्। हलिउडखबरको सो उद्घोष पछि नेपाली समुदायको विश्व बजार पन्तमय र आचार्यमय रुपमा ध्रुवीकरण सुरु भएको छ।

कुनै पनि सँस्थामा अध्यक्षपछि हेरिने दोश्रो महत्वको पद महासचिव हो। हाल सम्म यो पटक ५ जना आकांक्षी महासचिवका लागि निस्किएका छन्। ति पाँचैजनासंग पक्का-पक्कि गरेपछि यो अपडेट लेखिएको हो।

वर्तमान सचिवहरु दुवैजना जानकी गुरुङ र डिबी क्षेत्री महासचिवमा आकांक्षी भएका छन्। वर्तमान प्रवक्ता भुषण घिमिरे र पूर्व प्रवक्ता डा हेम राज शर्मा अनि राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष डा केशब पौडेल पनि महासचिवमा नै आकांक्षी भएका छन्।

  • सचिव जानकी गुरुङ- वर्तमान सचिव रहेकी जानकी गुरुङले यो पटक म आफू महासचिवको उम्मेद्वार हो र जित्ने पनि पक्का हो भनिन। यो पंक्तिकारले प्रश्न उठायो- सपिलाजी पछाडि हटेर तपाइँलाइ महिला उपाध्यक्ष बनाउने कुरा आएको छ त ? गुरुङले भनिन, पहिलो कुरा म आरक्षणको बिरोधी व्यक्ति हुँ। त्यसैले म महिला उपाध्यक्षको लागि आकांक्षी हुनेछैन। आवश्यकता पर्दा म खुल्ला तर्फ नै चुनाब लड्न सक्छु। दोश्रो कुरा-संघमा महिला नेतृत्वको कमि र खड्किएको अवस्थामा काम गर्दै गरेको सपिलाजीलाइ किन थन्क्याउनु पर्यो ? सपिलाजी संघमा काम गर्दै गरेको सकृय व्यक्ति ऐले मात्र होइन पछि पनि आवश्यक व्यक्ति हो। उहाँलाइ थन्क्याएर म आउने कुरा कहिल्यै पनि संभव छैन र म त्यसो गर्दिन। म यो पटक महासचिवको लागि उम्मेदवार हुने हो, अन्तिम कुरा यहि हो।

  • सचिव डिबी क्षेत्री- वर्तमान सचिव डिबी क्षेत्रीले भने- म सचिव भएर काम गरे। अब जाने ठाउँ महासचिव नै हो। मिडल इष्टका साथीहरुको पनि इच्छा र सपोर्ट यसैको लागि छ। म तयार छु र आवश्यक पनि हो। यसर्थ म महासचिवकै लागि उम्मेद्वार हुने हो। भोलि सँस्थाको हितको लागि मिलाउँदा अग्रज र साथीहरुले भनेको अवस्थामा मिलेर जान भने म तयार छु।

  • वर्तमान प्रवक्ता भुषण घिमिरे-वर्तमान प्रवक्ता भुषण घिमिरेले भने-म चुप बस्दै आएको थिए। वर्तमान अध्यक्ष भबन भट्टको पछिल्लो घोषणा पछि मैले पनि बोल्नुपर्ने अवस्था आयो। हुन त म २०१३ मा नै सचिव हुनुपर्ने मान्छे। खुशीको कुरा हाल म प्रवक्ता छु। अब एकैपटक महासचिवको लागि मेरो दावी रहन्छ र छ। पहिला जस्तो ज्ञाप र खालि बस्दिन यो पटक म महासचिवमा नै चुनाव लड्छु।

  • पूर्व प्रवक्ता डा हेम राज शर्मा- पुर्व प्रवक्ता डा हेम राज शर्माले यस पहिला नै आफू महासचिवको लागि उम्मेद्वार हुने बताएका छन्। उनले आन्तरिक रुपमा गृहकार्य पनि गरेका छन्। उनको कुरामा कुनै परिवर्तन आएको छैन। डा शर्मा पाँच मध्ये एक दावेदार हुन्। सबैले बुझ्नुपर्ने कुरा चाहिँ यो पटक अध्यक्षका आकांक्षी कुमार पन्तसँग सहकार्य गर्न डा शर्मा महासचिवमा आकांक्षी भएका हुन्।

  • डा केशब पौडेल-राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष डा केशब पौडेलले आफू यो पटक महासचिवको उम्मेदवार हुने त्यसमा कुनै दुइमत छैन भनेका छन्। डा पौडेल एनसीसी अमेरिकाको दुइ-दुइ कार्यकाल अध्यक्ष र एक कार्यकाल एनसीसी सल्लाहाकार भएका व्यक्ति हुन्। गत निर्वाचनमा नै महासचिवका दावेदार रहेका डा पौडेल यो पटक भने आफू महासचिवमा पक्का उम्मेदवार हुने कुरा बताउँछन्। अध्यक्षका आकांक्षी कुल आचार्यको सहकार्यमा जाने जानकी गुरुङ र आफू मध्ये एकजना हुने कुरामा भने डा पौडेल ढुक्क छन्।

सारांस: जे सुकै भनिएता पनि या जो जो मैदानमा आएता पनि महासचिव जित्ने भनेको एक जनाले हो। नरम र गरम मिलाउँदा यो पटक अध्यक्षका एक आकांक्षी कुमार पन्तको लागि डा हेमराज शर्मा अगाडि छन् भने अध्यक्षका अर्का आकांक्षी कुल आचार्यका तर्फ जानकी गुरुङ र डा केशब पौडेल मध्ये एकजना आउने छन्।

हुन त डिबी क्षेत्री, भुषण घिमिरे र डा हेमराज शर्मा तिनैजना कुमार पन्ततर्फका पनि भनिएका छन्। तर पनि कि त उनीहरुले अब खुल्ला प्रतिस्पर्धाकोबाट जानुपर्ने या वर्तमान अध्यक्ष भबन भट्टले रोल गर्नुपर्ने अवस्था देखिन्छ। इटालीको यूरोपियन बैठक पछि भने एक किसिमको ध्रुवीकरण टड्कारो रुपमा आउनेछ।