कृष्ण के सी/क्यालिफोर्निया
राजेन्द्र भट्टजी को नमस्ते योरोपको अरु जस्तै यो पटक अलिकति गहिरिएको सवाल एनआरएनए र यसका प्रमुख दुइ प्रोजेक्ट लाप्राक र एनआरएनए मुख्यालय भवनबारेको यो भिडियो हेर्दै गर्दा उठेका सवाललाइ अलिकति लेख्नु सांदर्भिक लाग्यो। राजेन्द्रजीसंग अनुमति लिएर अगाडि केहि वाक्य थप्ने प्रयास गरे।
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले लाप्राक नमुना बस्ति नै किन छान्यो भन्ने प्रश्न आम चासो हुन सक्छ। प्राय हरेक एनआरएनहरुले यो प्रश्न गर्ने गर्छन, इच्छाले या सदिच्छाले। तर यो प्रश्नको जवाफ भने धेरै सजिलो नहुन सक्छ।
यही प्रोजेक्टले आगामी अक्टोबरमा आउने नयाँ नेतृत्वलाई वर्तमान अध्यक्ष डा शेष घले र उहाँकी श्रीमती एनआरएनए आइसीसी सदस्य जमुना गुरुङलाई जस्तै आउने अध्यक्षलाइ पनि मोहनी लगाउन सक्ला त भन्ने अर्को प्रश्न एका तिर छ। यो प्रोजेक्ट कहिले पुरा होला भन्न अर्को प्रश्न छ। धेरै प्रश्नै प्रश्नका बीच पनि शान्त भएर नियमित रुपले लागि रहने घले दम्पतिको लगानको प्रसंसा गरेर मात्र पुग्दैन।त्यो सालिन्यता थप प्रश्न खडा गरिदिएको छ। कतिपयलाई भने यो प्रोजेक्ट घले दम्पन्तिको आफनै ब्यबसाय र निजि जस्तो लाग्दो हो। के त आगामी अध्यक्षलाइ पनि यस्तो सोच र लगान आउला त ?
एनआरएनए पर्यटन प्रबर्धन समितिद्वारा अन्तराष्ट्रिय विमानस्थलको सरसफाई प्रारम्भ भएको र ३० दिनमा विमानस्थलको रुप फेरिने कुरा आउंदै गर्दा लाप्राक नमुना बस्ति आगामी ३ महिनामा सम्पन्न होला त ? इन्टरलक बृक नै चुनौती बन्दै भनिन्छ। कामदार र ढुवानीका कुरा अझै कठिन छन।
कतिपय कुरा पैसाले मात्र पनि नहुने, समय दिएर पनि नहुने अवस्थाका हुन्छन। एउटा लगान र प्रतिबद्धता चाहिन्छ त्यो अध्यक्ष घले दम्पतिलाइ जति अरु कसैलाई थाहा छैन। एनआरएनए हेडक्वाटर निर्माणमा किन ढिलाई भयो भन्ने अर्को पक्ष हो। अध्यक्ष डा घलेको एनआरएनएको आफ्नै भवनमा आगामी विश्व सम्मेलनको उद्वघाटन गर्ने सपना के हुन्छ होला त ? आदि इत्यादीको जवाफ यो भिडियोमा।
अध्यक्ष डा घलेको NRNA भवनमा आगामी विश्व सम्मेलन गर्ने सपना के हुन्छ ?
by Krishna KC | Updated: 06 Jul 2017
913 views