-एनआरएनए एनसीसी अमेरिका निर्वाचन:हलिउडखबरले डिबेट कार्यक्रम निरन्तर गर्दै

एनआरएनए एनसीसी अमेरिका निर्वाचन:हलिउडखबरले डिबेट कार्यक्रम निरन्तर गर्दै

Hollywood Khabar March 16,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनलाइ मध्ये नगर गर्दै हलिउडखबरले जुम डिबेट कार्यक्रमको आयोजना गर्ने भएको छ।

हलिउडखबर र म आफू कृष्ण के सी संबद्ध टिमले बिगत देखि नै उत्कृष्ट रुपमा आयोजना गर्दै आएको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन डिबेट कार्यक्रमलाइ यो पटक पनि निरन्तरता दिइने भएको छ। विगतको सफल अनुभव र सुझाव समेत समेट्दै यो पटक अझै परिस्कृत र आकर्षक बनाइने छ।

हलिउडखबरले मात्र एनआरएनए एनसीसीको निर्वाचनलाइ मध्ये नजन गर्दै एउटा मोडालिटीको तयारी गरेको छ। त्यसै अनुरुप केहि सुधार गर्दै यो पटकको डिबेट भने जुममा गरिने छ। यसबारेमा बैठक बसेर तयारी पुरा पनि पुरा गरिएको छ। डिबेटको समय, संचालन बिधि र बिस्तृत विवरण भने एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका प्रकाशित गरेपछि प्रकाशित गरिनेछ।