-NRNA:गैरआवासीय नेपाली संघको मानार्थ परिषद सदस्य पद लिलाम बिक्रीमा

NRNA:गैरआवासीय नेपाली संघको मानार्थ परिषद सदस्य पद लिलाम बिक्रीमा

Hollywood Khabar December 19,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/२०/१९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को विधानले ब्यबस्था गरेको अन्तराष्ट्रिय परिषद्का लागि ब्यबस्था गरिएको मानार्थ परिषद सदस्य पद बिक्रीमा राखिएको छ।

उसो त संघको बिधानमा संघमा योगदान दिएका र समेट्न नसक्ने तर सम्मान गर्नुपर्ने व्यक्तिहरुको लागि सो पद सम्मानार्थ भनेर छुट्याइएको छ। तर ऐले आएर नेतृत्वले बिधान अनुरुप होइन सो मानार्थ सदस्य पद लिलाम गर्न बिक्रीमा राखेको छ। केहि व्यक्तिलाई छोडेर बाँकी सबै पदलुप्त, हनुमान र समाजमा गनाएका व्यक्तिहरुलाई मनोनित गरेर संघ मात्र होइन सिंगो नेपाली विश्व समुदायलाइ नै अपमानित गरिएको छ।

विधानले ५१ जना मानार्थ परिषद सदस्यहरुको ब्यबस्था गरेता पनि हाल ६० जना भन्दा धेरैको नाम पारित गरिएको छ। सो संख्या बढाएर १५० जना बनाउने र १५०० अमेरिकी डलर तिरेर किन्न सकिने ब्यबस्था गर्न लागिएको कुरा आइइएसका एकजना पदाधिकारीले बताएका छन।

सो पदको लागि निर्णय भएकै केहि घण्टा पछाडी नै आफूलाई अपमान गरिएका कारण एनसीसी अमेरिकाका निवर्तमान सदस्य कृष्ण लामिछानेले सो पद अविकार गरेका छन्। उनलाई पछ्याउँदै अरु धेरै जनाले सो पद त्याग्ने भएका छन्।