NRNA Official Seal/Logo

NRNA:नेपाल सरकारसंग सहकार्य गर्दा संघका सबै तहले IES बाट स्वीकृति लिनुपर्ने

Hollywood Khabar February 12,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) ले नेपाल सरकारसँगको सहकार्य बारे नीतिगत निर्देशन जारि गरेको छ।

फेब्रवरी ११, २०१९ मा संघमा महासचिव डा बद्रि के सीद्धारा जारि गरिएको उक्त निर्देशनमा उपरान्त देखि संघका कुनै पनि निकाय अन्तराष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषद, कमिटीहरु लगायत संघ संबद्ध सबै तहलाइ संबोधन गरिएको छ। निर्देशनमा संघका कुनै पनि नेतृत्व र निकायहरुबाट नेपाल सरकारसँग कुनै सहकार्य गर्दा संघको सचिवालय (IES) लाइ जानकारी दिएर स्वीकृति लिनु पर्ने निर्णय गरिएको कुरा उल्लेख गरिएको छ।

यसका साथै नेपाल सरकारसंग हुने संघका कुनै पनि निकाय, कमिटी या टास्क्फोर्स इत्यादिको संझौता, औपचारिक बैठक, सुविधाहरु समेत संघको स्विकृतिमा हुनु पर्नेछ। अन्यथा गैरआवासीय नेपाली संघ त्यस्ता कुराहरुबाट जिम्मेवार नहुने कुरा अन्तरिक निदेशनमा उल्लेख गरिएको छ।