NRNA:गैरआवासीय नेपालीहरुले करोड योगदान गरे

NRNA:गैरआवासीय नेपालीहरुले करोड योगदान गरे, गगन र योगेश एकै ठाउँ

Hollywood Khabar January 18,2019 Comments

गैरआवासीय नेपाली संघका अभियन्ताहरूले गोरखाको फुजेलस्थित भैरवाश्रम माध्यमिक विद्यालयलाइ तीन करोड रूपियाँ बराबरका भाैतिक पूर्वाधार निर्माण गरिदिएका छन्।

विद्यालयको वार्षिकोत्सवको अवसरमा गैरआवासीय नेपालीहरुले गरेको योगदानका संरचनाहरुको उद्घाटन गरिएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष पहलमा भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च निर्माण गरी विद्यालयलाइ हस्तान्तरण गरिएको हो।

पूर्वाधार निर्माणका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र संरक्षक रामप्रताप थापा लगायतले योगदान गरेका थिए । कार्यक्रममा नेकपाका नेता योगेश भट्टराई, कांग्रेस नेता गगन थापाले शैक्षिक विकासले मात्रै मुलुकको समृद्धि हुने बताए ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र उपाध्यक्ष कुमार पन्तले गुणस्तरीय शिक्षाको विकासमा जोड दिए ।