-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्न्मनीका अध्यक्ष बिजय मोक्तान

NRNA:नेपाली ब्यबसायीहरुले ट्याक्स छल्ने, ठग्ने र तस्करी समेत गरेकोप्रति एनसीसी जर्मन अध्यक्ष मोक्तानको ध्यानाकर्षण

Hollywood Khabar April 08,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्न्मनीका अध्यक्ष बिजय मोक्तानले युरोपमा केहि नेपाली ब्यबसायीहरुले कर छलेर तस्करी समेत गरेको भन्ने बिषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

अध्यक्ष लामाले भने नेपालीहरुद्धारा संचालित केही Restaurent ब्यापारीहरुले युरोपमा ट्याक्स छली गर्दै मानव तस्कर समेत गरेको कुराले आफू अचम्मित भएको बताएका छन्। मोक्तानले अगाडि भनेका छन्-नेपालबाट कामदार बिशेषगरी कुकहरुलाई श्रमशोषण गरेको, कम तलबमा धेरै घण्टा काम लगाएको भन्दै एक पछि अर्को नेपाली गिरफ्तार भएको समाचार आउँदा दु:ख लागेको छ।

इमान्दार गोर्खा नेपालीको परिचय बनाएको श्रमको विश्व बजारमा यस्तो हर्कतबाट हामी सबैको लागि नराम्रो छाप बस्नेछ। नेपालीले केही समय पहिला बाडीपीडित र भुकम्प पीडितको रकम हिनामिना गरे भन्ने सुनेको थिए। तर हाल आएर अपराधका गतिबिधि समेत गरेको देखिन आएको छ।

ट्याक्स छली गर्ने, मानब तस्करी गर्ने, श्रमशोषण गर्ने हर्कतले नेपालीको परिचय बिगारेको देख्दा आफू सार्है दु:खी भएको छु, मोक्तानले भनेका छन्। यदि जर्मनीभित्र पनि यस्तो अन्यायको या यस्ता समस्याबाट पीडित कोहि नेपाली हुनुहुन्छ या हुनु भएको छ भने कृपया प्रमाण सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी वा नेपाली दूताबसमा संपर्क गरी उजुरी दिनु होला।

यहाँहरु जो कोहीलाई पनि परेको अन्यायप्रति न्याय दिलाउने काम हामी गर्नेछौ। भ्रष्ट र ठगी गर्ने एनआरएनहरु बिरुद्द सर-सफाई अभियानमा सबैको साथ र सहयोगको अपेक्षा राख्दछु, अध्यक्ष मोक्तानले अनुरोध गरेका छन्।