NRNA का कर्मचारी माथि जालझेल दवाडी क. प्रवेस गराउन चलखेल

Hollywood Khabar January 02,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघमामा विवाद हुनु भनेको सामान्य मानिन्छ। संघका महासचिव बद्रि के सी लगायत टिमले बिगत देखिको तुस निकालेर हरेक कुरामा जंगल फडानी जस्तै गर्दै जाँदा अन्तत कर्मचारी समेत फडानीमा परेको समाचार बाहिर आएको छ।
गत ८ औं विश्व सम्मेलन/अधिवेशनबाट अध्यक्षमा निर्वाचित भवन भट्ट नेतृत्वको लागि भबन जस्तै खडा मात्र हुने र बाँकी सबै काम महासचिव बद्रि के सीबाट हुने गरेको कुरा परिषद भित्रैबाट बाहिर आएका छन्। यसपूर्व कहिल्यै पनि कर्मचारीहरुको समाचार यसरी बाहिर आएको थिएन। पर्दाको बाहिरबाट हेर्दा सबै काम नेतृत्वले गरेको जस्तो लागेता पनि NRNA का कर्मचारीहरुको मिहेनत भनेको अतुलनिय हुन्छ एक IES पदाधिकारीले भन्नुभयो।
यसै कुरालाई लिएर वर्तमान महासचिव डा बद्रि के सी र सचिव जानकी गुरुङबीच टसल्ली सुरु भएको कुरा पनि नेपालको एउटा अनलाइनले समाचारमा उल्लेख गरेको छ। सो समाचारमा महासचिव डा बद्रि के सीले हालका कर्मचरीहरु मध्य कसैलाई काखा र कसैलाई पाखा गरेको, कसैको तलब ९५% ले बढाउने र कतिपयलाई तलब घटाउन समेत प्रस्ताब गरेको मात्र होइन कसैलाई जनवरी १, २०१८ देखि काममा नआउनु भन्ने आदेश समेत गरेको भन्ने समेत उल्लेख गरिएको छ।
संघका महासचिव डा बद्रि के सीसँग सोबारे सम्पर्क प्रयास गर्दा हाल सम्म कुनै जवाफ आएको छैन। तर सचिव जानकी गुरुङले भने सो कुरा बैठकमा नराखी कुनै निर्णय नगर्न भनेको कुरा गर्नुभयो।
स्मरणिय कुरा संघको वर्तमान नेतृत्व समक्ष नेपाल कम्यूनिष्ट पार्टी एमालेका एकजना दवाडी थरका कार्यकर्तालाई संघको प्रमुख पदमा ल्याउनको लागि सो प्रयास गरिएको कुरा एमाले नजिक सुत्रले पनि पुष्टी गरेको छ। प्रश्नको जवाफमा एमाले नेताले भन्नुभयो, दवाडी कमरेड पक्कै पनि जानुहुन्छ होला।