-एनआरएन फाउण्डेसनको स्थापना हुने

एनआरएन फाउण्डेसनको स्थापना हुने

Hollywood Khabar April 19,2021 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२१

नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ।

  • विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैरआवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको हो।
  • परराष्ट्र मन्त्रालयले प्रमाण्किरण गरेको गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधन सहित) मा एनआरएन फाउण्डेसनको व्यवस्था रहेको छ।
  • यसको स्थापना नेपाल भित्र वा विश्वको कुन पनिै स्थानमा गरिन सकिनेछ ।
  • फाउण्डेशन मार्फत संघले सञ्ंचालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ।
  • फाउण्डेशनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, बैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापन तथा अन्या सरोकारका क्षेत्रमा सहयोग गर्ने।