-Dr Badri KC, NRNA VP

गैरआवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको दर्जन गतिबिधि

Hollywood Khabar January 13,2021 Comments

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालको प्रमुख गतिबिधिहरुलाई ब्यबस्थित गर्नको लागि विभिन्न आठ बिभागहरुको गठन गरिएको थियो।

उपाध्यक्ष डा बद्रि के सीले बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको नेतृत्व लिनु भएको थियो। दुखको कुरा थुप्रै बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोभिडले गर्दा कठिन जीवन भोग्नु पर्यो।यस कार्यकालमा उपाध्यक्ष के सीको बैदेशिक रोजगार तथा कल्याणकारी बिभाग झन् सक्रिय हुनुपर्ने बाध्यता भयो।

यस अबधिमा गरिएका प्रमुख गतिबिधिहरुलाइ यहाँ बुँदागत रुपमा उल्लेख गरिएको छ:

  • बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कोभिड १९ को महामारी र जोखिमबाट नेपाल फर्काउन थुप्रै बैठक र नीति-बिधि समेत तयार गरियो र फर्काउन गतिबिधिहरु गरियो।
  • खासगरी मध्येपूर्वका देशहरु र मलेसीयामा थुप्रै उद्धार र सेवाका काम गरिएका छन्।
  • जनवरी २०२१ पहिलो हप्ता पुग्दा, सो क्षेत्रका अत्यन्तै कठिन अवस्थामा रहेका ९ हजार ६ सय ५० जना नेपालीहरुलाई सेवा प्रदान गरिएको छ। मुख्य गरि खानेकुरा, फर्कने फ्लाइट टिकेटका खरिदका लागि केहि सहयोग, कोभिड १९ को पिसिआर टेष्ट गर्न, डिटेन्शन सेन्टरबाट कानुनि सेवा प्रदान गर्न लगायत अन्य सपोर्टका लागि थिए।
  • यस बाहेक कानुनि र प्रमुख कामका लागि २ करोड ७५ लाख नेपाली रुपैयाँ बराबरको सेवा सो क्षेत्रमा गरिसकिएको छ।
  • कम्बोडियाबाट २२ जनालाइ खाना, बस्ने ठाउँ, फ्लाइट टिकेट र कोभिड १९ पिसिआर टेष्ट लगायत खर्च समेत गरेर बिशेष उद्धार गरि स्वदेश ल्याइयो।
  • थाइल्याण्ड र कम्बोडियाका नेपाली राजदूतावासको बिशेष सहयोगमा सो क्षेत्रमा अन्य केहि नेपालीहरुलाइ कोभिड १९ को महामारीका समय करिव २,००० नेपालीहरुलाई सहायोग गर्ने काम पनि भयो। १२८ जनालाई आंशिक रुपमा फ्लाइट टिकेट दिएर नेपाल फर्काउन सहयोग गरियो।
  • नेपाली राजदूतावासको सहायोगमा ११ वटा क्षेत्रमा सेवा प्रदान गर्न, जानकारी लिने, सहायोग गर्ने काम गरियो।
  • काठमाण्डौ एयरपोर्ट देखि घर पुग्नको लागि ८६२ जनालाई, लकडाउन र अन्य कठिन अवस्था भएकाले यातायात खर्च प्रदान गरियो।
  • नेपलको प्रदेश १ मा बैदेशिक रोजगारसँग संबन्धि २ जनालाई बिशेष स्वास्थ्य सेवा प्रदान गरियो।
  • प्रदेश अस्पताल सुर्खेतमा बैदेशिक रोजगारसँग संबन्धित व्यक्तिहरुको उपचारको लागि १४ लाख खर्च गरियो।
  • यसबाहेक मानसिक स्वास्थ्य संबन्धि तालिम, जानकारी सेवाका २ वटा कार्यक्रम समेत सम्पन्न गरियो।