-NRNA:एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक र विज्ञ सम्मेलन अगष्टमा हुने

NRNA:एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक र विज्ञ सम्मेलन अगष्टमा हुने

Hollywood Khabar March 08,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डुब्लीनमा हुने भएको छ।

सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले जानकारी दिए । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सीनाको भनाइ छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डुब्लीनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारेपछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेम राज शर्माले डिसी नेपाललाई जानकारी दिए। यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो। संघको यो नियमित बैठक हो।