-पर्यटनमन्त्री योगेश भट्टराई

पर्यटनमन्त्री योगेश भट्टराईले एनआरएनए युरोप क्षेत्रको क्षेत्रीय बैठक उद्घाटन गर्ने

Hollywood Khabar September 20,2020 Comments

राजकुमार थापा, लिस्बन/९/२०/२०

नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपियन बैठक तथा दोश्रो ज्ञान सम्मेलन उद्घाटन गर्ने तय भएको समाचार प्राप्त भएको छ।

अर्को महिना अक्टोबर ३-४, २०२० मा हुने उक्त सम्मेलन आयोजना हुन लागिरहेको छ। यतिबेला एनआरएनएका विभिन्न क्षेत्रका क्षेत्रीय बैठक र ज्ञान सम्मेलनहरु धमाधम आयोजना भइरहेका छन्। अघिल्ला बर्षहरुमा भौतिक उपस्थिति र भव्य जमघटका बीच गर्दै आइएका यस्ता क्षेत्रीय सम्मेलन, भेला र बैठकहरु यसबर्ष भने कोरोना भाइरसको महामारीका कारण भर्चुअल रूपमा आयोजना र सम्पन्न भएका छन् र हुने क्रममा छन्।

भर्चुअल रूपमा सम्पन्न हुने युरोपियन क्षेत्रीय बैठक एवं ज्ञान सम्मेलनको उद्घाटन पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने तयारी रहेको एनआरएनए युरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले जानकारी दिए।

संयोजक आचार्यका अनुसार सम्मेलनलाई सफल र फलदायी बनाउन तयारीहरु तीब्र बनाइएको र युरोप क्षेत्रको बैठक र सम्मेलन भव्य हुने अपेक्षा गरिएको जनाए।