NRNA NCC USA Official Seal

NRNA: एनसीसी अमेरिका निर्वाचन आयोगको धन्यवाद ज्ञापन

Hollywood Khabar May 19,2019 Comments

मे २०, २०१९

आदरणिय अमेरिकाबासी गैरआवासीय नेपाली दाजुभाई दिदीबहिनीहरु!

गैरआवासीय नेपाली संघ अमेरिकाको वर्ष २०१९/२१ को कार्यसमिति गठनका लागि हामीलाई विश्वास गरी निर्वाचनको महत्वपूर्ण अभिभारा सुम्पनुभएकोमा एनआरएनए अमेरिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । निर्वाचनलाई स्वच्छ ढंगवाट सम्पन्न गर्न सहयोग पुर्याउनुहुने एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल लगायत कार्यसमितिलाई धन्यवाद दिन चाहन्छौं ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका देखि मतदान सकिएर परिणाम आइपुग्दा सम्म विभिन्न तह र तप्कावाट निर्वाचन समितिको कार्यलाई सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिन चाहन्छौं । मतदाता वर्ग र उम्मेद्वारहरु सबैंको सहयोग र सद्भावले गर्दा हामीले निर्वाचनको महत्वपूर्ण कार्यभार पुरा गर्न सकेका छौं ।

निर्वाचन प्रक्रियालाई सरल रुपमा अगाडि बढाउने क्रममा एनआरएनए आइसिसीको समेत सहयोग रह्यो त्यसका लागि एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्ट , महासचिव डा बद्री के सी र अमेरिका क्षेत्रिय संयोजक गौरी जोशी हार्दिक धन्यवाद दिन चाहन्छौं ।

आदरणीय संचारकर्मी मित्रहरुको सहयोग समेत हामीलाई अतुलनीय रुपमा प्राप्त भयो । सबैंको साथ, सहयोग र सहकार्यले गर्दा निर्वाचनको कार्यक्रम सम्पन्न भएको छ ।

यस निर्वाचनवाट सुनील साहको अध्यक्षतामा निर्वाचित कार्यसमितिका पदाधिकारी, बोर्ड अफ डाईरेक्टरहरु, आइसिसीका सदस्यहरु, विभिन्न राज्य च्याप्टरमा निर्वाचित हुनेहरु सबैंलाई निर्वाचन समितिको तर्फवाट हार्दिक बधाई सहीत सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। साथमा उम्मेद्वारी दिएर निर्वाचनमा भाग लिनुहुने सम्पूर्णप्रति पनि निर्वाचन समिति हार्दिक धन्यवाद दिन चाहन्छ ।

धन्यवाद,

विश्व बराल - प्रमुख निवार्चन आयुक्त

कुलमणि आचार्य - निवार्चन आयुक्त

खड्ग उप्रेती - निवार्चन आयुक्त

बाशु फुलारा - निवार्चन आयुक्त

हेमराज भट्ट - निवार्चन आयुक्त

निर्वाचन आयोग(२०१९), गैरआवासीय नेपाली संघ, अमेरिका

https://nrnusa.org/media/28925/election-2019-letter-of-appreciation.pdf