-NRNA NCC US निर्वाचन तालिकामा परिमार्जन

NRNA NCC US निर्वाचन तालिकामा परिमार्जन, १६-१९ अप्रिल नोमिनेशन

Hollywood Khabar April 14,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचन आयोगले निर्वाचन संबन्धि कार्य तालिकामा परिमाजन सहित प्रकाशित गरेको छ।

अप्रिल १३ मा जारी गरेको निर्वाचन आयोगको सूचनामा पंजीकृत सदस्य अर्थात मतदाता संख्या ९१५७ रहेको जनाइएको छ। उम्मेदवारहरुले आफ्नो उम्मेद्वारी १६ अप्रिल देखि १९ अप्रिल, २०१९ को राती ११:५९ पूर्वीय समय सम्म प्राप्त उम्मेद्वारीलाइ भ्यालिड गरिने जनाइएको छ।

नोमिनेशन गर्ने इमेल एड्रेस nrnusa.nec@gmail.com मार्फत गरिने उम्मेद्वारी फाइल कन्फर्म गर्न या कुनै प्रश्न भएमा सम्पर्क फोन # 1(732) 660-8919 प्रदान गरिएको छ। उम्मेदवारहरुको दाविबिरोध र अन्तिम नामावली प्रकाशनको पूर्व सूचनामा परिवर्तन गरिएको छैन।