-Krishna KC

NRNA चुनाबी झटारो: एनआरएनमा सबैभन्दा धेरै चर्चाको बिषय र मेरो उट्पट्याङ्ग जवाफ

Hollywood Khabar August 22,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२३/१९

होइन हो कृष्णजी यो चुनाबमा कुमारजी र कुलजी मध्ये कसले जित्छ ? भबनजीले कसलाई समर्थन गर्छन ? शेष घलेले कसलाई समर्थन गर्छन ? उपेन्द्र दाइ र जिबाको त कुरै गर्नु पर्दैन सबैलाई थाहा नै छ। होइन देबमानदाइ चाहिं किन हराएछन नि ? फलानो कतापटिको ? आदि इत्यादि ! !

म जस्तो सामान्य व्यक्तिले त यस्ता अनगिन्ति प्रश्नहरुको जवाफ दिनुपरेको छ भने संघका अग्रज र वर्तमान नेताहरुको हालत त झन चौपट्टै भएको होला भन्ने मेरो अनुमान छ। नेपाली समाजमा काम भन्दा उपदेश धेरै, क्षमता नै नभएका नेता धेरै, आफ्नो काम नगर्ने अरुलाई उपदेश दिने व्यक्ति अत्यधिक रुपमा पाइन्छ। अनि म पनि त्यहि समाजको एउटा अर्को कुरुप पात्र नै परे।

धेरै दिक्क भए पछि मैले पनि हाँसी मजाकमा जवाफ दिन थाले। कहिले काहिँ म उट्पट्याङ्ग कुरा गर्न मन पराउंछु। यसपाली पनि त्यसै गरे।

पहिलो प्रश्नको जवाफ मैले यसरी दिए, भबन भट्टले जसलाई समर्थन गर्छन उसैले जित्छ अनि जसले जित्छ भबन भट्टले उसैलाई समर्थन गर्छन। अन्तिम पटक भबन भट्टसँग कुरा भएको नै महिनौं भैसक्यो अब म के जवाफ दिनु त?

दोश्रो प्रश्नमा मैले भने, शेष घलेको जवाफ मैले दिने होइन, उहाँलाई नै सोधौं। अर्को कुरा उहाँले बोल्नु हुन्न, मौन बसेको व्यक्तिलाई जसले पनि मतिर भने भैगयो। होइन भने भिजन २०२० जसले बोक्छ उसैलाई समर्थन छ भनौ।

तेश्रो पशनको जवाफ, शेष घले र जिबा लामीछाने दुबैको प्रबक्ता म होइन। उहाँहरु मिले या मिलेका छैनन् त्यसको ट्रयाक मैले किन राख्नु ? यसो गर्दा मैले पुरास्कार र दण्ड दुवै पाउँदिन।

अन्तिम प्रशनको जवाफ-चुनाब कुमार पन्त या कुल आचार्य कसले जित्छ भन्नुभन्दा पहिला, नोमिनेशन भएर मत दिनुपर्यो। त्यसका लागि अक्टुवर १७ सम्म कुर्नुपर्यो। अनि म ठ्याक्कै मिलाएर जवाफ दिन्छु।

त्यसपछि जवाफ दिन नै परेन। कसैले नेपालबाट फोन आयो भनेर राखे, कसैले कुनी ऐले पछि गर्छु भने, कसैले के भने। क्या सजिलो भयो !!!

तर जे सुकै भएता पनि आजकल सबै भन्दा धेरै चर्चा नै यिनै बिषयमा भएको छ। आफ्नो काम छाडेर पनि मान्छेहरु कसको समर्थन कसलाई जान्न लालायित भएका छन्। छुस्केका ठुस्के कुरा हुन या भुरेका लुरे कुरा हुन् पत्याइ हाल्छन, सजिलै।