-NRNA:सिष्टमले सपोर्ट नगरेपछि एनआरएनएको निर्वाचन आज हुँदै

NRNA:सिष्टमले सपोर्ट नगरेपछि एनआरएनएको निर्वाचन आज हुँदै

Hollywood Khabar October 15,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/१७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि अक्टुवर १६, २०१९ मा हुनुपर्ने निर्वाचन ४/५ घण्टाको प्रयास पछि १७ अक्टुवरमा हुने गरि स्थगन गरिएको छ।

एनआरएनहरुको ९ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय एनआरएनए महाधिवेशन काठमाण्डौको ह्यायात होटलमा हुँदैछ। यसै क्रममा नेतृत्व चयनका लागि होजो हुनुपर्ने निर्वाचन ४/५ घण्टाको प्रयास पछि स्थगन गरिएको हो।

८१ देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद (एनसीसी) भएको एनआरएनएमा यो पटक २५५२ जना मतदाता रहेका छन्। समयमा नै एनसीसीहरुले आफ्नो सदस्यता नपठाएको, उनीहरले छनोट गरेर पठाउनु पर्ने प्रतिनिधि सेप्टेम्बर ३० सम्म पठाउनु पर्नेमा त्यो हुन सकेन। त्यसैको कारण ५ बजे सांझ सुरु हुनुपर्ने निर्वाचन, निर्वाचन आयोगले ६ बजे तिर मात्र फाइनल गरेर इलेक्शन कम्पनीलाइ दिन सक्यो।

इलेक्शन कम्पनीले सबै डाटा सिष्टममा राखेर त्यसलाई ६ क्षेत्रमा विभाजन गरि निर्वाचन गराउँदा समय लाग्ने भयो। त्यसमाथि सिष्टम टेष्ट गर्न समय पुगेन। निर्वाचन सुरु भएको लगत्यै सिष्टमले काम गरेन र निवाचन स्थगन हुन पुग्यो।

यसै बीच अध्यक्षका उम्मेदवार कुल आचार्यका समर्थकहरुले हल्ला गरेर नाराबाजी समेत गरेका थिए। यसै क्रममा केहि उदण्ड रुपमा आएका थिए।