-NRNA VP Dr Badri KC

श्रम स्विकृति भएकालाइ जान दिने र रिपार्टेशनबारे सिसीएमसीको पछिल्लो निर्णय स्वागत योग्य

Hollywood Khabar June 19,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२०/२०

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको बैठकले श्रम स्विकृति भएकालाइ बैदेशिक रोजगारीमा जान दिने गरि गरको निर्णय स्वागत योग्य भन्नु भएको छ। उपाध्यक्ष के सी बैदेशिक रोजगार तथा कल्याणकारी कार्यदलका चेयर पर्शन समेत हुनुहुन्छ।

नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को जुन १९, २०२० मा बसेको बैठकले बैदेशिक रोजगारीमा जाने पाउने निर्णय गरेको छ। बैठकको निर्णय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। जानकारी अनुसार;

१. सिंहदरबारमा बसेको सिसिएमसीको बैठकले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा भएर तत्काल नेपाल आएका रोकिएकाहरुले आफ्नो काममा फर्कन पाउने भएका छन्।

२. बैदेशिक रोजगारीमा जाने नयाँ व्यक्तिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वीकृत लिएर बैदेशिक रोजगारीमा जान पाउने निर्णय सिसिएमसीले गरेको छ।

३. अध्ययनका लागि विदेश जानेहरुलाइ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सिफारिस गर्नेछ।

४. हाल बैदेशिक रोजगारीमा अलपत्रमा रहेका नेपालीहरुलाई सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने, आफ्नो खर्चमा नेपाल आउन नसक्नेहरुको लागि सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागु गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ।

यस पहिला संघका उपाध्यक्ष डा बद्रि के सीले तयार परेको रिपार्टेशनको कार्यपत्र गत अप्रिल २०२० मा नै संघले नेपाल सरकारलाइ बुझाएको थियो। त्यसपछि संघका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष डा के सीले दैनिक जसो नेपाल सरकार र निकायहरुसंग सो बिधयामा पहल गर्नुभएको छ। हाल सिसीएमसीले पनि संघको सोहि रिपार्टेशन संबन्धि कार्यपत्रलाइ आधार मानेर निर्णय गरेको छ।

यसै बीच संघले १३ बुंदे कार्यविधि पत्र पनि नेपाल सरकारलाइ बुझाएको हो। त्यसपछि पनि थप सहज गर्नको लागे उपाध्यक्ष के सीले श्रम बिभाग र बैदेशिक रोजगार बिभागमा समेत पत्राचार गर्नु भएको स्मरण गराउनु भयो। अन्तत, अलिकति अलिकति भए पनि रिपार्टेशन संबन्धि निर्णय भएको छ, यस बिषयमा संघका अध्यक्ष कुमार पन्त र आफू नियमित रुपमा लागि नै रहेको कुरा उपाध्य्यक्ष के सीले भन्नुभयो।

चार्टर फ्लाइटमा पनि नेपाल सरकारले बाधा हालेको छ, सरकारले चार्टर फ्लाइट गर्न नदिन एयरलाइन्सहरुलाई तर्साएको छ, त्यो पनि वर्तमान सरकारको नजिक रहेर आफ्नो धन्दा चलाउने केहि एजेण्टहरुको बकावमा आएर, यहाँ सम्मकी केहि महामहिम राजदूतहरुले रिस्क नै मोलेर नेपालीहरुको रिपार्टेशनलाइ सहज गर्दा धम्कि र ट्राभल एजेण्ट र सरकारका दलालहरु समेतले थर्काए, भन्ने सुनिएको छ।

जवाफमा उपाध्यक्ष के सीले भन्नुभयो, हामीले पनि धेरै राष्ट्रिय समन्वय परिषदका साथीहरु, संचारकर्मी र अन्यत्रबाट यस्तो गुनासो सुनेको हो। यसलाई नेपाल सरकारका संबधपक्ष समक्षको कुराकानीमा पनि पुर्याएको हो। ति सबै कुराको एकै पटक सुनुवाई नहोला तर केहि सहज भने भएको छ। कम्तिमा घर आउनेले आउन सुरु भएको छ, काममा जानेलाई जान स्वीकृति दिएको छ। सरकारले केहि नभएकालाइ सरकारी खर्चमा ल्याउने निर्णय गरेको छ। केवल क्वारेण्टिन र अन्य ब्यबस्थापनमा अलिकति ध्यान पुगेमा पहिलाको भन्दा धेरै अगाडी गएको अवस्था छ।