-NRNA:आइसीसी सदस्य अभिमन्यू बस्नेत अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा उम्मेद्वार हुने

NRNA:आइसीसी सदस्य अभिमन्यू बस्नेत अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा उम्मेद्वार हुने

Hollywood Khabar September 19,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२०/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०१९-२०२१ अबधिको लागि अभिमन्यू बस्नेत अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा उम्मेद्वार हुने भएका छन्।

नेपालको भक्तपुर जिल्ला, सुर्यविनायक, सिपाडोलमा जन्मे-हुर्केका बस्नेत बिगत ११ बर्ष देखि क्यानाडामा छन्। नेपालमा हुँदा सिपाडोल बृहत खानेपानी आयोजना सस्थाको महासचिव, सुर्य बिनायक बन उपभोक्ता समिति जस्ता सामाजिक क्षेत्रमा काम गरेका बस्नेत क्यानाडामा पुगेर पनि सामाजिक क्षेत्रमा नै सक्रिय रहे।

राजनीतिबाट टाढा रहेका बस्नेतले नेपालको कुनै पनि राजनैतिक पार्टीको सदस्यता नलिएको बताए। यतिमात्र होइन बिदेशमा पनि नेपालका कुनै पनि राजनैतिक पार्टीका भातृ संगठनको सदस्य बनेको छैन भन्छन उनि।

२००९ मा एनआरएनए एनसीसी क्यानाडाको सदस्य बनेका बस्नेत २०१३-२०१५ मा भने एनसीसी क्यानाडाको उपाध्यक्ष थिए। त्यसैगरी २०१७ देखि आइसीसी सदस्य भएर काम गर्दै आएका छन्। नेपालको पर्यटन प्रबर्धन गर्न अन्तर्गत अतिथी देवो भव कमिटीका सदस्य पनि हुन्।

यो लामॊ यात्रामा क्यानाडाबाट एक तह माथि उठेर क्षेत्रमा जाने इच्छाले यो पटक अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा उम्मेद्वार हुने कुरा बस्नेत बताउँछन्। हलिउडखबरसँगको कुराकानीमा उनले भने-मेरो योजना भनेको यस क्षेत्रको प्रतिनिधि आइइएसमा पुर्याउने अनि त्यसका लागि एनसीसीहरुको आपसी समन्वय गरेर जाने हो। क्षेत्रमा रहेका विवाद र गर्नु पर्ने संघका प्रमुख बिषयलाई केन्द्रसँग मिलेर कार्यान्वयन गर्न लागि पर्ने हो।

उसो त बस्नेत एनआरएनएका थुप्रै प्रोजेक्ट र आकस्मिक सेवाहरुमा पनि सहभागी भएका छन्। भुकम्प पिडितहरुको लागि राहत वितरण, क्यानाडा सरकारको लबिङ् गरी भुकम्प पिडित परिवारलाई फेमली रियूनियन गर्न पहल, ICC र NCC बिच सुमधुर सम्बन्ध बनाई बिज्ञ सम्मेलन्मा सपोर्ट जस्ता काम गरेको बताउँछन।

अन्तमा, अमेरिकाज क्षेत्रको समन्वय गरी यस क्षेत्रबाट अगाडि आएका उम्मेदवारहरुलाई अन्तराष्ट्रिय कार्यकारी पदसम्म जिताउनेको लागि पहल गर्ने कुरा गर्छन बस्नेत। यसका साथै बस्नेतले अमेरिकाज क्षेत्रका सम्पूर्ण डेलिगेट्सहरुलाई आफूलाई सहयोग गर्न समेत अनुरोध गरेका छन्।