-NRNA:गैरआवासीय नेपाली संघको झण्डोतलन तथा चियापान कार्यक्रम सम्पन्न

NRNA:गैरआवासीय नेपाली संघको झण्डोतलन तथा चियापान कार्यक्रम सम्पन्न

Hollywood Khabar October 10,2019 Comments

आज ११ अक्टोवर, २०१९ का दिन गैरआवासीय नेपाली दिवस सदाझैं स्वयंम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनामाबाट शुभराम्भ गरिएको थियो। सो अवसरमा संघका अध्यक्ष लगायत पदाधिकारीहरु त्था बिभिन्न मूलूकहरुबाट पल्नु भएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्वयंम्भूनाथको दर्शन पछि त्यहाँबाट असनको अन्नपुर्णथान सम्म पदयात्राको आयोजना गरिएको थियो । आजै संघका पदाधिकारीहरुले शंकमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंकमूल पार्कको अवलोकन भ्रमण गरेका थिए ।

गैरआवासीय नेपाली दिवसको अवसरमा संघको भवन वालुवाटारमा संघको झण्डोत्वलन संघका अध्यक्ष लगायत पदाधिकारीहरुबाट गरिएको थियो र सो अवसरमा जलपानको आयोजना समेत गरिएको थियो । यस अवसरमा विभिन्न मूलूकहरुबाट सम्मेलनमा भाग लिन आउनु भएका सयौं गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

असोज २८ देखि ३० बाट संचालन हुन गइरहेको नऔं गैरअवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महधिवेशनमा सहभागी हुन आउनु भएका निर्वाचन प्रतिनिधिहरु तथा सहभागीहरुको नाम दर्ता गर्ने कार्य संघको सचिवालय वालुवाटारमा पुन शूचारु भएको छ । हाल सम्म १२२० जना प्रतिनिधि तथा सहभागीहरुले नाम दर्ताको लागि आवेदन दिईसकेका छन् ।

गैरआवासीय नेपाली संघ, सचिवालय, काठमाण्डौं