-गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ

गैरआवासीय नेपाली संघको कोभिड १९ राहत कोषमा २ करोड ७० लाख जम्मा

Hollywood Khabar April 23,2020 Comments

गैरआवासीय नेपाली संघले कोभिड १९ को लागि राहत स्वरुप सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपालीहरुलाई राहत दिनको लागि सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैया जम्मा भएको छ। एनआरएनएले यस अघि नै नेपाल सरकारको राहत कोषमा १ करोड दिने निर्णय गरेको थियो।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले दिनु भएको जानकारी अनुसार, अप्रिल २४, २०२०, प्यासिफिक समय साँझको ८:०० बजे सम्म सो रकम जम्मा भएको हो। अहिले पनि रकम जम्मा हुने क्रम जारि छ। यो पटक संघले सुरु गरेको अनलाइन बाट सजिलै आफूले चाहेको जति रकम डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्था गरिएको छ।

यो राहत कोषमा सम्पूर्ण नेपालीहरुले आफ्नो ठाउंबाट आफ्नै कार्डले इच्छाएको रकम दिन मिल्ने ब्यबस्थाले धेरै सजिलो बनाएको छ। सो रकम अनलाइन र संघको काठ्माण्डौको खातामा जम्मा भएको रकम समेत हो, कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। यसका साथै उहाँले सबैलाई सकेको जति सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ।

संघको www.nrna.org/donate लिंकलाइ क्लिक गरेर रकम रकम डोनेट गर्न सकिने छ।

कृष्ण के सी

उपसंयोजक

संचार तथा प्रकाशन समिति, गैरआवासीय नेपाली संघ

अप्रिल २४, २०२०