-काङ्ग्रेस प्रवक्ता शर्मा र नेता भट्टराईद्वारा अफ्रिकाका नेपालीहरुसँग अन्तर्कृया

काङ्ग्रेस प्रवक्ता शर्मा र नेता भट्टराईद्वारा अफ्रिकाका नेपालीहरुसँग अन्तर्कृया

Hollywood Khabar May 24,2020 Comments

नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा र नेपाली काँग्रेस जनसम्पर्क बिभाग प्रमुख गोबिन्द भट्टराईले अफ्रिकाका विभिन्न दस मुलुकमा रहेका नेपालीहरुसङ्ग अन्तरक्रिया गरेका छन।

कोभिड १९ को महामारीका संक्रमणले अफ्रिकाका नेपालीहरुमा परेको समस्या र अबस्था बुझ्नका साथै त्यसको समाधानका लागि सरकारसँग आवाज पुर्याउन नेपाली काङ्ग्रेसले यस्ता सम्पर्क गर्न थालेको छ। बिश्व भरिका प्रबासी नेपालीहरुसँग सोझो सम्पर्कमा रहने उद्देश्यले यो बैठक आयोजना गरिएको थियो।

बैठकमा प्रबक्ता बिश्वप्रकाश शर्माले आफुहरुका लागि एक नेपालीको पनि महत्व उत्तिकै हुने हुदा, अफ्रिका लगाएत कोरोना प्रभावमा परेका हरेक नेपालीलाई सरकारले सरक्षण र घर फर्कन परेकालाई तुरुन्त फर्काउने ब्यबस्था गर्न सरकारलाई दवाब दिई रहेको जानकारी दिए। यहाँका समस्याको समाधानका लागि पनि आवाज उठाउने जानकारी समेत प्रवक्ता शर्माले दिए।

त्यसैगरी जनसम्पर्क बिदेश बिभाग प्रमुख गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेसले २०४६ पछि लिएको उदार अर्थतन्त्रको नितिले नै आज संसारभर नेपालीहरुको उपस्थिति रहेको उनिहरु नेपालको अर्थतन्त्रको मुल आधार बनेको जानकारी दिए। सरकारले अहिले बिदेशमा दुखमा परेका नेपालीहरु प्रतीध्यान नदिएकोले तुरुन्त ध्यान दिई यथाशक्य चाडो घर फिर्ता, क्वारेन्टाइन र पुनर्स्थापनाको ब्यबस्थापन गर्नुपर्छ, भट्टराइले भने।

अन्तरक्रियामा गणेश खडका (सेसेल्स ), बिष्णु कार्की (इथोपिया ), राजमणि भन्डारी (युगान्डा), पदम भन्डारी (बोत्स्वाना), बिदुर खनाल (जाम्बिया ), रोशन श्रेष्ठ (घाना), प्रेम गुरुङ्ग, पुष्प भट्टराई र डा प्रधुम्न चौरासिया (तान्जानिया), कुल कार्की, सुरज डुम्रे र कृष्ण दत्त भट्ट (केन्या), मन थापा र रोशन थापा (नाइजेरिया) थिए।

सो अवसरमा एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले कोभिड १९ महामारीले पारेको प्रभाव र यहाका नेपालीहरुको घर फिर्ती ब्यबस्थापन लगायतका समस्याका बारेमा जानकारी गराएका थिए।

त्यसै गरि अन्तरक्रिया कार्यक्रमको संचालन गर्दै एनआरएनएका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकाको बारेमा चासो राखी दिएर यहाका समस्या बुझीदिनु भएकोमा नेताद्वय र नेपाली काङ्ग्रेस पार्टीलाई आभार ब्यक्त गरेका थिए। थापाले अफ्रिकाका र अन्य मुलुकबाट रोजगारी गुमाई अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल फिर्ता लग्न ब्यबस्था गराउन सरकारसँग पहल गरिदिन अनुरोध सेमत गरे।

कार्यक्रममा एनआरएनएका निबर्तमान उपाध्यक्ष कुल आचार्यले प्रवासमा हज्जारौं नेपालीहरु अहिले अप्ठ्यारोमा परेका हुदा यथाशिघ्र चाडो सरकारले घर फिर्तीको लागि अनुमति दिनुपर्ने, अब ढिलो नगरी आवस्यक ब्यबस्था गर्ने पर्ने बताए। त्यसै गरि नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयका आइटी बिभाग प्रमुख दिपेश बिष्टले नेपाली काङ्ग्रेसको रेस्क्यु एपको बारेमा जानकारी गराएका थिए।