कृष्ण के सी/अमेरिका
सोनाम लामा, बिगत एक दशक देखि गैरआवासीय नेपाली संघमा समय, बिचार, आर्थिक र हरेक पलमा योगदान दिने एक अभियन्ता हो। अमेरिकाको न्यूयोर्क निवासी एक सफल ब्यबसायी लामा अमेरिकामा मात्र होइन नेपाल र नेपालको विकट मुस्ताङ जिल्लामा पनि चर्चित ब्यवासायी हुनुहुन्छ।
गैरआवासीय नेपालीहरुको मेघाप्रोजेक्टहरुमा प्रतक्ष रुपमा सहभागी भएर योगदान दिएका लामा गैरआवासीय नेपाली नागरिकताको अभियानमा पनि उत्तिकै सहभागी व्यक्ति हो। नागरिकताकै बिषयमा थुप्रै सरकारी झमेला देखि सांसदहरुलाई बिषय बुझाउने काममा समेत प्रतक्ष सहभागी लामाले हालै सो बिषयमा संसदमा पेश गर्न बनेको ड्राफ्टको हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ।
संघले आफ्नो एक दशक लामो समय देखि लागि परेर नेपालको संबिधानबाट प्राप्त गरेको संबिधानको धारा १४ अन्तर्गतको गैरआवासीय नेपाली नागरिकता एउटा संबैधानिक हक हो, यसलाई कसैले खोसेर खोसिन्न भन्नुहुन्छ सोनाम लामा।
अवश्य पनि ऐन र विधायकहरुले बनाउने बिधेयकमा छलफलका लागि बनाएको ड्राफ्टमा घटी-कमी या फरक राय दिएको हुन सक्छ। तर त्यसबाट नेपालको प्रचलित संबिधानको ब्यबस्थामा परिवर्तन गरेर अधिकार खोस्ने संभावना भने छैन। अवश्य पनि नागरिकता दिनको लागि केहि प्राविधिक समस्याहरु छन् तर असंभव भने छैन। अब पाउने कि न पाउने भन्ने बिषय होइन। कसरी नागरिकता दिने भन्ने बिधिको कुरा मात्र हो। त्यसैले नै संबिधानमा यो ब्यबस्था गरको हो, उहाँले हलिउड खबरको लागि यो पंतिकारसंग भन्नुभयो।
गैरआवासीय नेपाली नागरिकताका संबन्धमा बन्ने ऐनको लागि संसदको छलफल पछि संसदबाट पास हुने ऐन-कानुनमा पनि सरल र सजिलो नै हुनुपर्छ र हुनेछ भन्ने विश्वास लामाको छ। अवश्य पनि हामी पहिलो पुस्ताको लागि नेपालको नागरिकताको प्रति/प्रमाण देखाए पछि गैरआवासीय नागरिकता पाइन्छ। त्यसमा समस्या आउंदैन। तर दोश्रो पुस्ता र गैरआवासीय नेपालीले अन्य देशका नागरिकसंग गरेको विबाह र त्यसैका कारण उनीहरुले दावी गर्ने नागरिकता, उनीहरुबाट जन्मेका सन्तान जस्ताको लागि दिने नागरिकता, पुस्तौं ज्ञाप भएर फेरि दावी गर्ने नागरिकताका बिषयमा कसरी ब्यबस्था गर्ने भनेर गंभिर छलफल हुनु नै पर्छ। तर त्यसको मतलब संबिधानमा भएको हक नै खोसिन्छ भन्ने कुरा भने सहि होइन। त्यसको लागि त नेपालको संबिधान नै संसोधन गर्नुपर्छ, लामाले भन्नुभयो।
लामाले गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वले नागरिकता र अन्यय काममा समेत ध्यान दिएको छैन। संघका सबै काम पेण्डिङमा राखेको छ। आफ्नै साना-तिना भ्रमणलाइ फेसबुक र ट्विट गरेर बसेको छ। आम चासो र आवश्यक्तालाइ ध्यान नदिएर घुम-घामको प्रचार गरेको भन्दै तिखो प्रहार गर्नुभयो। लामाले भन्नुभयो, लाप्राक नमुना बस्ति पनि पुरा भएन, हेडक्वाटर बिल्डिंग हेर्यो उस्तै छ, संस्थाको तेत्रो रेज गरेको फण्ड सबै खर्च गरेर बसेको छ, एक पैसा थपेको छैन, काम गर्ने कर्मचारी निकालेको छ, गफ धेरै गर्छ, काम भने केहि भएको होइन लामा अलिक भावुक हुनुभयो।
मैले संघको आइसी सदस्य देखि अमेरिकाज क्षेत्रको डिआर्सी हुँदा होस या आरसी हुँदा होस संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता बिशिष्ट जिम्मेवारीका व्यक्ति भन्दा कुनै काम कम गरेको थिइन। तर ऐलेको संघको नेतृत्व भनेको लथालिङ्ग र भताभुङ्ग गर्ने, प्रपन्च गर्ने, हल्ला गर्ने मात्र गर्छ। काम भने दुइ कौडीको गर्दैन उहाँले दुखेसो पोख्नुभयो।
अध्यक्ष भबन भट्टले लाप्राक नमुना बस्ति, संघको हेडक्वाटर बिल्डिङ लगायत सबै प्रोजेक्ट ६ महिनामा सक्छु भन्ने घोषणा गरेको थियो। ऐले एक वर्ष हुन लागि सक्यो अझै कुनै काम अगाडि बढेको छैन। जहाँ हामीले छोडेको थियो तेही को तेही अड्केको छ। नेपालको सरकारी ब्यूरोको चाकरी गरेर अघिपछि दौडिने काम मात्र गरेको छ। यस्तो चालाले संस्था चल्दैन। हामी एक तिहाइ नेपाली जनसंख्याको नेतृत्व गर्ने गैरआवासीय नेपाली संघ यो झुट्मुट र हावादारी रुपले गएर हुँदैन। नगरिकताको बिषयमा पनि संघको गतिबिधि सुन्य भएको छ। बेवारिसे रुपमा छोडेको छ। यस्तै चाला हो भने अब हामी सबैले सिरियसली सोच्ने बेला आएको छ लामाले भन्नुभयो।
NRNA: गैरआवासीय नागरिकता संबैधानिक हक हो यो खोसिन्न-लामा
