Gouri Joshi

NRNA नेतृत्वको निर्देशन नै डा भट्टराईलाइ अमेरिका घुमाने थियो-जोशी

Hollywood Khabar September 16,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले नेपालका पूर्व प्रधानमंत्री तथा नयाशक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाइ अमेरिका घुमाउन संघका नेतृत्वबाटै निर्देशन आएको खुलासा गरेका छन्।

हलिउड खबरका लागि गरिएको छोटो सेलफोन कुराकानीमा संयोजक जोशीले हाल सम्म संघको यो नेतृत्वले पहिलाकै मेघा प्रोजेक्टहरु बाहेक दुइवटा थप सिन्दुलिगढी दरवार संरक्षण र जानकी मन्दिरको लाइट प्रोजेक्ट बाहेक अरु नयाँ थप कुराहरु नभएको समेत बताए।

जोशीले भने आफ्नो क्षेत्रमा गत पटक सान फ्रान्सिस्कोमा भएको बिज्ञ सम्मेलन बाहेक एनसीसीहरुको साधारण सभा हुने क्रममा छन् थप केहि पनि भएको छैन। अब छिट्टै चिली र ब्राजिलमा अधिवेशन गर्ने गयारी भएको छ।

त्यसबाहेक काठमाण्डौमा हुने बिधान सभा र बिज्ञ सम्मेलन नै मुख्य कुरा भएको बताउने जोशीले डा बाबुराम भट्टराईको अमेरिका भ्रमण र एनसीसी अमेरिकाले आफ्ना राज्य च्याप्टरहरुलाई कार्यक्रम राख्न दिएको निर्देशनबारे पनि अलिकति मुख खोले।

जोशीले भने यो संघको वर्तमान नेतृत्वबाट नै आएको निर्देशन हो। मैले त केवल तेसको पालना मात्र गरेको हुँ। जोशीले आफ्नो होमटाउन टेक्ससमा गरिएको कार्यक्रममा साथीहरुले बिरोध प्रदर्शन पनि गर्नुभयो। तर आफू डा भट्टराईको अन्य ठाउँको कार्यक्रमबारे कुनै संबन्धित नरहेको जानकारी दिए। स्मरणिय कुरा, संघको एनसीसी अमेरिकाले आफ्ना च्याप्टरहरुलाई डा भट्टराईको सम्मान, सत्कार र अन्तरकृया राख्न आधिकारिक निर्देशन दिएको थियो। निर्देशनमा वर्तमान क्षेत्रिय संयोजक गौरी जोशीको अनुरोधमा भन्ने आशय दिएको थियो।

तर जोशीले डा भट्टराईले संसद र बाहिएर गैरआवासीय नेपालीहरुको बिषयलाई उठाएकाले एनआरएनकै लवी गरेको हुनाले सपोर्ट गर्नु भन्ने निर्देशन संघको नेतृत्वबाट आएको बताए। जोशीको नेतृत्व भन्ने शब्दले अध्यक्ष भबन भट्ट र महासचिव डा बद्रि के सी तिर इंकित थियो।

डा भट्टराईले हाल सम्म पनि तेतिठूलो जनधनको क्षति हुने कुरामा नेतृत्व गरेकाले माफी सम्म पनि मागेका छैनन। अनि तपाइहरुले कसरी उनलाई बोकेर हिंड्नुभयो भन्ने प्रश्नमा आफू राजनीति गर्ने व्यक्ति होइन त्यसैले ती सबै कुरा आफूलाई थाहा नभएको बताए।

डा भट्टराई किन अमेरिका आएका हुन् र अन्त कता-कता कार्यक्रम छ भन्ने प्रश्नमा- खासगरी डा भट्टराई आफ्नै कामले अमेरिकामा आएका हुन्। अब पूर्वमा हार्डवर्ड यूनिभर्सिटी होला एउटा कार्यक्रम छ। अनि क्यालिफोर्नियाको यूनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसमा छ। ति दुवै कार्यक्रम नेपाली समुदायबीच होइनन तर लस एन्जलसमा भने नेपाली समुदायहरुसंग नै एउटा कार्यक्रम छ। त्यो लस एन्जलसको कार्यक्रमबारे ऋषि ढकालजी (महाबाणिज्य दूत) लाइ थाहा छ जोशीले भने।

स्पष्ट रुपमा गैरआवासीय नेपाली संघको नेतृत्वको निर्देशनमा डा भट्टराईलाइ अमेरिका घुमाउने आदेश भएको बताउने जोशीको कुराले थुप्रै शंका र धेरै प्रश्न  उब्जाएको छ। खोजीको बिषय भनेको तेती ठूलो जनधनको क्षतिको जिम्मेवार आफू पनि भएको बताउने डा भट्टराईले माफी भने माग्दिने भनेका छन् र कतै पनि माफी मागेका छैनन। तर पनि किन तिनै डा भट्टराई बोक्दैछन् अध्यक्ष भबन भट्ट, महासचिव डा बद्रि के सी ?