-NRNA:एनआरएनमा काँग्रेसको उम्मेद्वार हुँदैनन, आपसमा मिलेर जानुहोस-नेकाँ नेता खड्का

NRNA:एनआरएनमा काँग्रेसको उम्मेद्वार हुँदैनन, आपसमा मिलेर जानुहोस-नेकाँ नेता खड्का

Hollywood Khabar October 11,2019 Comments

कृष्ण के सी/कठमाण्डौ/१०/१३/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन अक्टुवर १५-१७, २०१९ मा काठमाण्डौको हायात होटलमा हुँदैछ। महाधिवेशनको दिन जति नजिक हुँदैछ, निर्वाचनको माहोल पनि उत्तिकै तातेको छ। दैनिक रुपमा उम्मेद्वारहरु बढ्ने क्रम जारी छ।

अध्यक्षका उम्मेद्वारहरु उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य आपसी प्रचार र भेटघाटमा ब्यस्त छन्। अन्य उम्मेद्वारहरु पनि उत्तिकै सकृय रहेका छन्। कतिपय उम्मेद्वारी घोषणा गर्नमा उत्साहित देखिएका छन्। यो बिचमा केहि गंभिर बिषय र तिकडमबाजी पनि चलेका छन्।

मैदानमा आचार्यको भन्दा पन्तको बजार बढेको देखिएको छ। हिजो मात्रै आयोजित दुइ फरक कार्यक्रमहरु हेल्प नेपाल र धौलागीरी पर्यटनमा पन्त आफ्नो समय सकेर निस्कँदा हलमा उपस्थित हुनेको संख्या पातलो भएको देखियो। झुण्डा रानी माहुरी झैं पन्तातिर बढेको छ।

बिषयलाई योजना, कारण र क्षमता भन्दा क्षणिक प्रपोगाण्डा अपनाएका कारण आचार्य पछाडी धकेलिंदै गएका छन्। जहिले पनि नेपाली काँग्रेस पार्टीका नेताको दुहाइ र चुनौती दिएका कारण प्रतिनिधिहरुमा आचार्यप्रति बितृष्णा पैदा भएको छ। नेपाली काँग्रसप्रति नजिक रहेका भनिएका उम्मेद्वारहरु स्वयं पनि आचार्यको नजिक आउन हिच्किचाएको अवस्था छ। उसै पनि कांग्रेस पार्टी नजिक उम्मेदवारहरु आचार्य तिर जामा तीनजना र पन्ततिर १५ जना भन्दा धरै सहकार्य गर्न आएका छन्।

अक्टुवर १२, २०१९ का दिन नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक गोप्य भेटघाटमा जुन आदेश आयो त्यसबाट आचार्यको धगधगी अड्केको छ। उनको अन्तिमहत्काण्डा पनि बिचलित भएको छ।

नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, प्रवक्ता विश्व प्रकाश शर्मा, नेता गगन थापा, नेता अर्जुन जोशी, नेता सुरेन्द्र पाण्डे लगायत जनसम्पर्क समितिका केहि नेताहरु समक्ष एउटा नयाँ निर्देशन जारि भएको छ। नेपाली काँग्रेस जस्तो पार्टीले एनआरएन जस्तो सँस्थामा राजनीति गरेर प्यानल बनाएर जान निर्देशन दिन मिल्दैन। त्यसैले तपाइहरु आपसमा मिलेर जानुहोस, महामन्त्री पूर्ण बहादुर खड्काले भने। बिशेष गरि जो जो नेपाली काँग्रेसका सदस्य, शुभचिन्तक या समर्थक हुनुहुन्छ आपसमा जेटवर्क गरेर जाहुहोस त्यो नै उत्तम निर्णय हो उनले भने।

यसरी एनआरएन जस्तो संस्थामा पार्टीले हस्तक्षेप गर्दा आफूहरु नतिजासंगै हार-जित समेतको भागेदार हुने, नमिल्ने ठाउँमा गएका कारण असान्दर्भिक अपजसको जवाफदेही सिंगो पार्टी हुनुपर्ने हुनाले त्यसो नगर्ने निर्णय नै हाम्रो निर्णय हो, उनले भने। यति मात्र होइन अब एनआरएनमा कुनै उम्मेद्वारलाई सघाएका कारण नै कोही दोषी या निर्दोषी हुने कुनै कारण छैन, पत्रकाट्नु पर्ने कुरा जस्ता एकदमै गलत तरिका हुन्। हामी त्यसो गर्न सक्दैनौ, त्यो यो नै प्रजातान्त्रिक पार्टीको मूल मर्म हो, खड्काले भने।

आचार्य संबद्ध केहि व्यक्तिहरुले यसलाई ठिक्क उल्टो पारेर प्रचार गर्दै आएका थिए। यसलाई उनीहरुले भनेको जस्तो अवस्था अब रहेन। यो उम्मेदवारलाइ एनआरएनको चुनाबमा भोट देउ अन्यथा के के भन्ने कुरा केवल प्रचार भ्रम मात्र रहेको छ। नेपाली काँग्रेस पार्टीले सो संबन्धि कुनै नीति र बक्तब्य दिनेवाला छैन र आउन पनि मिल्दैन।

नेपाली राजनैतिक पार्टीका नेताहरुले कुनै उम्मेद्वारको सपोर्टको लागि चिनजानकासँग मत मागीदिनेछन त्यो चाहिं सत्य हो। विगतमा पनि यस्तो अवस्था देखिएको थियो।