-क्यानडामा नेपालीले मनाए टोपी दिवस, नेपाल भ्रमण वर्षको व्यापक प्रचारप्रसार

क्यानडामा नेपालीले मनाए टोपी दिवस, नेपाल भ्रमण वर्षको व्यापक प्रचारप्रसार

Hollywood Khabar January 01,2020 Comments

टोरोन्टो, क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन्। टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानिय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को पनि व्यापक प्रचारप्रसार गरिएको छ ।

यस्तै अन्य सहरहरुमा पनि विभिन्न प्लेकार्ड र व्यानरका साथमा नेपाल भ्रमण वर्षको प्रचार प्रसारसंगै नेपाली टोपी दिवस मनाइएको छ। टोरोन्टोको अति व्यवस्त मानिएको डण्डास क्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली झण्डा र व्यानर फहराउदै नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरे । कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापा, उज्वल लगायत संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

यसअघि एनआरएन क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसी एसीसी (कम्युनिटी हाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौं अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवश मनाइएको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरुले नेपाली टोपीको महिमा र नेपाल भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एम.पी.पी दीपक आनन्दले उक्त कार्यक्रमलाई सम्बोेधन गरेका थिए ।

एनआरएन उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएन क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मन्चबाट महासचिव अशोक खड्का, एन सी सी एसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जनसम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की, नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलिया कम्युनिटी हाउसका अध्यक्ष तुलसी सापकोटाले महिला चौतारीबाट गिता दवाडी, जनजाति महासंघबाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वाल चन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व एन सी एन सीका अध्यक्ष गायक तथा सर्जक गोविन्द घिमिरेले गीत, हेमराज काफ्ले, अशोक खड्का, किशोर ढकाल लगायतले कविता वाचन गरेका थिए। एनआरएन क्यानडाका सल्लाहकार मुगा राजभण्डारी, डा नारायण रेग्मी, प्रवक्ता दिनेश खतिवडा, एनआरएन क्यानडा सेन्ट्रल रिजनका हेल्प डेस्क कोअर्डिनेटर राम क्षेत्री, नेवागुठीका सुरेन्द्र लाल श्रेष्ठ, मगर संघबाट रमेश राना, लाली गुराँस क्लबबाट कृजल केसीले कार्यक्रममा सहभागिता जनाएका थिए। एनआरएन क्यानडाका महासचिब पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा कास्की आदर्श समाजका ग्लोबल संरक्षक गोपी कृष्ण काफ्लेले संस्थाले राम्रो कामको शुरूआत गरेको र भविष्यमा पनि निरन्तर सक्रिय रहेर काम गर्दै जाने विश्वास व्यक्त गरे । करिव तीन महिनाअघि नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको क्यानडा भ्रमणका समयमा एनआरएनए क्यानडाले नेपाल भ्रमण वर्षको प्रचारप्रसारका लागि विशेष कार्यक्रम गरेको थियो । जसलाई मन्त्री भट्टराईले सम्बोधन गरेका थिए।

बद्री तिमल्सिना

मिडिया कोअर्डिनेटर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा