-एनआरएनए एनसीसी क्यानाडाको सदस्यता खुल्यो, मे ३१ अन्तिम म्याद

एनआरएनए एनसीसी क्यानाडाको सदस्यता खुल्यो, मे ३१ अन्तिम म्याद

Hollywood Khabar April 21,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको २०२१-२०२३ कार्यकालको लागि साधारण सदस्यता खुलेको छ। एनआरएनए एनसीसी क्यानाडाले अप्रिल २१, २०२१ मा एक विज्ञप्ति जारी गर्दै एनआरएनए एनसीसी क्यानाडाले आफ्नो सदस्यता खुल्ला गरेको जनाएको छ।

सदस्यता लिनको लागि यो लिंक क्लिक गर्नुहोस

General Membership Registration:

Membership Registration NRNA Canada 2021-2023

Life Membership Registration:

LIFE MEMBERSHIP REGISTRATION | NRNA NCC CANADA

आदरणीय क्यानडाबासी नेपाली समुदायका सदस्य ज्यू हरुमा हार्दिक नमस्कार ।

  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको साधारण सदस्यता आज अप्रिल २१, २०२१ बाट शुरु भै मे महिनाको अन्तिम दिन सम्म मात्र हुने जानकारी गराइन्छ।
  • सदस्यता लिने क्रममा हजुरहरुका ब्यक्तीगत विवरणहरु गैरआवासीय नेपाली संघको डाटाबेसमा व्यक्तिगत गोप्यताको अधिकार सम्बन्धि क़ानून अनुसार सुरक्षित रहने छ।
  • हजुरहरुका यी ब्यक्तीगत सूचनाहरु कहीं कतै र कसैलाई पनि प्रदान गरिने छैन। केन्द्रले यहाहरुको सम्पुर्ण ब्यक्तिगत विबरणहरु सुरक्षित राख्ने छ।
  • अब देखि तपाईहरु आफनो अकाउण्टमा लगईन गरेर सुचनाहरु, कागजपत्रहरु बदल्न पनि सक्ने प्रावधानको साथै अर्को पटक रजिस्टर गर्दा सोहि अकाउण्टबाट रिन्यु समेत गर्न सकिने प्राबधान बनेको जानकारी गराउन चाहान्छौ।
  • भेरिफिकेसनपछि डिजिटल एनआरएनए आईडि आफै प्रिन्ट गर्न सक्नुहुनेछ।
  • साधारण सदस्यता रजिस्ट्रेसन कस्ले लिन पाउने र नपाउने बिषय एनआरएनए एनसीसी क्यानडाको बिधानमा स्पस्ट उल्लेख भएको छ।
  • उक्त ब्यबस्था भन्दा बाहिरबाट परेका आबेदनहरु भेरिफाई पनि नहुने र सदस्य बन्नको लागी तिरेको रकम पनि फिर्ता गर्न बाध्य हुने छैन।
  • एनआरएनए एनसीसी क्यानडाको चुनाब तथा महाधिबेशनबारे थप जानकारी गराउदै जाने छौ।

रजिस्ट्रेसन गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • १ साधारण सदस्यता रजिस्ट्रेसन अप्रिल २१, २०२१ बाट शुरु भै मे ३१, २०२१ मा बन्द हुनेछ। टेक्निकल समस्या आएमा त्यो समयको क्षतिपूर्ति पनि हुने छ।
  • २ सदस्यता शुल्क क्यानडियन १५ डलर रहेको छ र यो २ बर्षको लागी मात्रै रहने छ।
  • ३ यो साधारण सदस्यता रजिस्ट्रेसन आबेदन हो र तपाईको पेमेन्ट र आबश्यक डकुमेण्ट क्यानडाको सरकारले जारि गरेको र म्याद नसकिएको फोटो आईडि वा नेपाल सरकार वा राजदुताबासको एनआरएन आईडि अनिबार्य रुपमा अपलोड गर्नुपर्ने र उक्त डकुमेण्ट चेक गरेपछि मात्रै साधारण सदस्य भएको वा नभएको खबर गर्ने छौ। डकुमेण्ट नपुगेमा ईमेलमार्फ़त एकपटक जानकारी पनि गराउने छौ।
  • ४ डकुमेण्ट:पीआरकार्ड, हेल्थ कार्ड, क्यानडियन पासपोर्ट, क्यानडियन सिटिजनशिप, क्यानडियन सबारी चालक अनुमति पत्र, क्यानडियन फोटो आईडि, एनआरएन कार्ड (नेपाल सरकार वा नेपाली राजदुताबास अटोवाबाट जारि गरिएको) वा अन्य कुनै फोटो, नाम, ठेगाना खुल्ने क्यानडियन कागजपत्र र कुनै पनि डकुमेण्टको म्याद सकिएको हुनु हुदैन। आबश्यक प्रकिया नपुगेको आबेदनलाई सदस्यता दिन बाध्य नहुने पनि जानकारी गराउछौ।नेपाली राहदानी, नेपाली नागरिकता, नेपाली सबारी चालक अनुमति पत्रलाई मान्यता दिईने छैन।
  • ५ छिटैनै एप स्टोर र एनरोईड एप्लिकेसनबाट सिधै फोटो खिचेर अपलोड गर्न सकिने प्राबधान को ब्यबस्था हुदै छ। अनलाईन भोटिङ्गमा फेस आईडिको प्रयोग हुने सम्भाबना रहेको हुदा हालसालै खिचेको फोटो अपलोड गर्नुहुन अनुरोध छ।
  • ६ आजिबन सदस्यहरुलाई यो नियम लाग्ने छैन र उहाहरुको केन्द्र संगको संयोजनको लागी छुट्टै प्राबधान गरिने छ।
  • ७ २०१९-२०२१ मा साधारण सदस्यता आबेदक मध्ये ५९ जनाको डकुमेण्टको कारणबाट साधारण सदस्यता प्रदान गर्न प्राबिधिक कठिनाई रहेकोले उहाहरुलाई यो पटक निशुल्क सदस्यता दिईने छ। यो बिषयमा केहि समयमा सुचना जारि गरिने छ। सुचना अनुसारको समयावधिमा मात्रै निशुल्क सदस्य बन्न पाईने प्राबधान भएको जानकारी गराउछौ।

यहाहरुको कुनै सल्लाह, सुझाब, टेक्निकल समस्याहरु भएमा हामीलाई सिधै info@nrnacanada.org ईमेल वा टोल फ्री नम्बर 1-800-627-9026 मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध पनि गरिन्छ। साथै हाम्रो अपडेट पनि हेर्दै जानुहोला।

यहाहरुको साथ, सहयोग र शुभेक्ष्याको अपेक्ष्या राख्दछौ।

धन्यबाद।

अध्यक्ष

चिरन्जीवी घिमिरे

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा