-NRNA:फोन सुविधा सहित एनआरएनए एनसीसी क्यानडाको हेल्प डेस्क र थप सल्लाहकारहरु नियुक्त

NRNA:फोन सुविधा सहित एनआरएनए एनसीसी क्यानडाको हेल्प डेस्क र थप सल्लाहकारहरु नियुक्त

Hollywood Khabar December 02,2019 Comments

टोरोन्टो-क्यानडामा रहेका नेपाली समुदायका समस्या र जानकारि आदान प्रदान गर्नका लागि निशुल्क फोन सुविधा सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको हेल्प डेस्क स्थापना भएको छ ।

हरेक क्षेत्रका उपाध्यक्षको मातहतमा रहने गरि क्यानडाको मध्य, पूर्वी र पश्चिमी क्षेत्र बनाएर हेल्प डेस्क स्थापना गरिएको हो। ब्रिटिश कोलोम्बिया, मोनिटोवा, सस्क्याच्युन, रेजिना लगायतका पश्चिमी क्षेत्रमा उपाध्यक्ष अर्जुन रसाइलीको संयोजकत्वमा यसअघि नै अल्बर्टामा हेल्प डेस्क स्थापना भइसकेको छ भने मध्य क्षेत्रका लागि आगामी शनिवार डिसेम्बर ७ मा ब्राम्पटनमा उद्घाटन हुने छ।

मिसिसागा, ब्राम्पटन, किचनर, वाटरलु, नायग्रा, बर्लिंगटन, मिल्टन, लण्डन लगायतका शहरहरुलाई समेटेर उपाध्यक्ष विजय पौडेलको मातहतमा मिसिसागा ब्राम्टनमा हेल्प डेस्क राखिएको छ । यस क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थिति पनि रहेको छ।

यस्तै टोरोन्टो, स्कारबोरो, मार्खम, अजाक्स, असोवा, अटोवा लगायतका पूर्वी क्षेत्रलाई समेटेर स्कारबोरोमा हेल्प डेस्क राखिने छ । उपाध्यक्ष हेमन्त थापा –उज्वलको संयोजकत्वमा रहने डेस्क स्थापनाका लागि आवश्यक तयारि पूरा भइसकेको उपाध्यक्ष थापाले जानकारि दिनुभयो । हेल्प डेस्कमा लामो समयदेखि विभिन्न क्षेत्रमा कार्य गर्दै आएका सय भन्दा बढि व्यक्तित्वहरु आवद्ध छन् । विशेष गरि पढाइ, काम लगायत विविध विषयहरुका बारेमा जानकारि आदान प्रदान गर्न सजिलो हुने एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले बताउनुभयो । यसका लागि कार्यालयको टोल फ्रि नम्बर 1(800)627-9026 रहेको छ । जुनसुकै ठाउंबाट फोन सुविधा प्रयोग गर्दा कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले जानकारि दिनुभयो ।

यसैविच एनआरएनए क्यानडाले संस्थाको सल्लाहकारमा विभिन्न व्यक्तिहरुलाई चयन गरेको छ। यसरि नियुक्त हुनुहुने सल्लाहकारहरुमा कुन्जर शर्मा, अभिमन्यू बस्नेत, राधा बस्नेत, ज्योती बैद्य, मुगा राजभण्डारी, कानूनी सल्लाहकारमा अतुल सुवेदी र स्वास्थ्य क्षेत्रमा डा विशाल ज्ञवाली रहनु भएको छ। यसैगरि अभि शर्मा, नारायण घिमिरे, कृष्ण आचार्य, नारायण रेग्मी, बासु शर्मा, लक्ष्मी पाठक, डिआर खनाल, कृष्ण तिम्सिना, देवी अधिकारी, नरेशजंग पाण्डे, चन्द्र राइ, बालचन्द्र श्रेष्ठलाई पनि संस्थाको सल्लाहकारका रुपमा नियुक्त गरिएको महासचिव भट्टराईले जानकारि दिनुभयो ।

बद्रि तिमल्सिना

मिडिया कोअर्डिनेटर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडा