-नेपाली सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भारत सरकारलाई चेतावनी पत्र

NRNA:नेपाली सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भारत सरकारलाई चेतावनी पत्र

Hollywood Khabar December 11,2019 Comments

टोरोन्टो, भारतबाट नेपालमा भइरहेको सिमा अतिक्रमणको विरोध गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको नेतृत्वमा टोरोन्टोस्थित भारतीय दुतावास अगाडी प्रदर्शन गरिएको छ।

भारत सरकारले पछिल्लो समयमा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेपछि त्यसको विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित दूतावासमा बिरोध पत्र बुझाएको छ । टोरोन्टो स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट सयौंको संख्यामा सहभागी नेपाली समुदायका प्रतिनिधिहरुले दूतावासअगाडी प्ले कार्ड र व्यानरसहित केहिबेर प्रदर्शन समेत गरेका थिए ।

भारत सरकारले पछिल्लो समयमा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेपछि त्यसको विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित दूतावासमा बिरोध पत्र बुझाएको छ ।

टोरोन्टो स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट उल्लेख्यरुपमा सहभागी विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावासअगाडी केहिबेर प्रदर्शन समेत गरेका थिए । नेपालको अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने, नेपालको स्वाभिमानमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, भारतीय हेपाहा प्रबृत्ति सधैको लागि अन्त्य हुनुपर्ने जस्ता नाराहरु घन्काउंदै दूताबासअगाडी प्रदर्शन भएको थियो । विरोधसभामा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुले नेपालका सिमा क्षेत्रमा भइरहेका सिमा अतिक्रमण तत्काल बन्द गरेर अतिक्रमित भूभाग फिर्ता नगरे क्यानडाबासी नेपालीहरुले थप कदम समेत चाल्न सक्ने एउटै स्वरमा चेतावनी दिएका छन् । साथै उनिहरुले हप्तौं वितिसक्दा पनि नेपाल सरकारले केही कदम चाल्न नसकेको भन्दै यथा शिघ्र कूटनीतिक कदमबाट समस्या समाधान गर्न आग्रह पनि गरेका छन्।

सभालाई सम्बोधन गर्नेहरुमा एनआरएनए एनसीसी क्यानडाका तर्फबाट अध्यक्ष चिरन्जिवी घिमिरे, पूर्व अध्यक्ष एवं वर्तमान आइसिसी सदस्य गोपीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुड, वर्तमान उपाध्यक्ष विजय पौडेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर के सी, एनसीएनसीकी सचिव संगीता जिसी, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी लगायतका प्रतिनिधिहरु थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले भारतले आफ्नो नक्साभित्र समेटेका नेपाली भूभागहरु तुरुन्तै फिर्ता गर्न लगाइ नेपाली सेनालाई सिमा सुरक्षार्थ खटाउन नेपाल सरकारलाई आग्रह गर्नु भयो ।

एनआरएनए क्यानडाकै नेतृत्वमा सोही दिन राजधानी अटोवा र भ्यानकुवरस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाइएको छ।

त्याहां पनि उल्लेख्यरुपमा नेपाली समुदायका प्रतिनिधिहरुको सहभागितामा विभिन्न प्लेकार्डहरुसहित दूतावास अगाडी केहि समय प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाइएको थियो ।

बद्री तिमल्सिना

मिडिया कोअर्डिनेटर

एनआरएनए एनसीसी क्यानडा