-NRNA NCC Canada Official LOGO

NRNA: एनसीसी क्यानाडाको १० औं अधिवेशन अगष्ट १७, २०१९ मा हुँदै

Hollywood Khabar April 26,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) क्यानाडाको अधिवेशन आगामी अगष्ट १७ मा हुने भएको छ।

एनआरएनए एनसीसी क्यानाडाको बिधान अनुरसार अनुसार बनेका स्थानिय तहको अधिवेशन अगष्ट १० मा र केन्द्रिय अधिवेशन अगष्ट १७, २०१९ मा एनआरएनए एनसीसी क्यानाडाको १० औं अधिवेशन ब्राम्टन शहरमा हुने भएको छ।

एनआरएनए एनसीसी क्यानाडाको बिधान अनुसार अधिवेशन पार्लियामेण्ट्रि सिष्टम जस्तै अप्रतक्ष निर्वाचन प्रणालीको रुपमा बनाइएको छ। नेपालीहरु भएको प्रत्येक शहरबाट एनआरएनए एनसीसीको सदस्य सख्याको आधारमा प्रतिनिधित्व हुने गर्दछ। तिनै प्रतिनिधिबरुबाट एनआरएनए एनसीसी क्यानाडाको बोर्ड मेम्बर हुन्छ्न। अनि तिनै बोर्ड मेम्बरबाट पदाधिकारीहरुको चुनाव हुन्छ। क्यानडाभरीबाट चुनिने बोर्ड मेम्बर संख्या भने १७ जना मात्र छन।

सो समयमा हुने अधिवेशनबाट नयाँ नेतृत्व बन्नेछ। हाल सम्म क्यानाडाको नयाँ सदस्यताको आवेदन खोलिएको छैन। क्यानाडाले आइसीसीको मेम्बरसिप इन्फर्मेशन सिष्टम (एमआइएस) बाट गर्ने तयारी गरिएको पनि बुझिएको छ। समितिले अधिबेशनको लागि रबिन्द्र घिमिरेको सयोजकत्वमा तयारी समिति गठन गरेको छ।