एनआरएनए एनसिसि अमेरिका क्यालिफोर्निया च्याप्टर:इमिग्रेशन कार्यक्रम

Hollywood Khabar February 11,2018 Comments

कृष्ण के सी /सान फ्रान्सिस्को
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया च्याप्टरले अमेरिकी अध्यागमन संबन्धि बिशेष कार्यक्रमको आयोजना गरेको छ। कानुनविद यज्ञ नेपाल तथा गोपाल शाह सँग प्रत्यक्ष रुपमा प्रश्नोत्तर तथा सम्बन्धित बिषयमा उहाँहरुको प्रस्तुति समेत रहने छ। कार्यक्रममा सबैलाई आफ्नो जिज्ञासा भए उपस्थित भएर फाइदा लिनको लागि अनुरोध गरिएको छ।
कार्यक्रम फेब्रुअरी १८, २०१८ आइतबारका दिन अर्वान करी, 523 Broadway, San Francisco, CA 94133 ५२३ मा राखिएको छ। यस कार्यक्रमलाइ अन्य आधादर्जन संघ-सँस्थाहरुले पनि साथ र सहयोग गर्ने कुरा आयोजक संस्थाका सचिव तथा हलिउडखबरका संपादक रोशन अधिकारीले जानकारी गराउनु भएको छ।