NRNA Official Seal/LOGO

NRNA: बिधानमा भिजन २०-२० एण्ड बियोण्ड, अरु के के ? बुँदा सहित

Hollywood Khabar October 10,2018 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघको भबन भट्टको वर्तमान नेतृत्वले गरेका काम के के हुन त्यसको औपचारिक विवरण एक बर्षे रिपोर्टमा देलान। नगरेका या गर्न नसककेका काम र गर्नै नहुने तर गरिएका काम, प्रस्तावित बिधानमा गरिएको एकल मनगढन्ते रुपले प्रयोजन गरिएका ब्यबस्था जस्ता कुराहरुको भने लिस्ट नै बनेको छ।

उसो त संघले यस हप्ता आफ्ना गतिबिधि बढाएको छ। यसका साथमा विवाद र प्रश्नहरुको लिस्ट पनि तयार भएका छन्, केवल पड्कन मात्र बाँकी छन। यो बिषय लेखिरहँदा संघको बिधान सभा र बिज्ञ सम्मेलन अनि संस्थाको स्थापना दिवसको समय चलिरहेको छ। गैरआवासीय नेपाली संघका नेतृत्व र सदस्यहरु नेपाल भित्रिएका छन।

संघको वर्तमान भबन भट्ट नेतृत्व सेलाएको थियो। तर अचानक अन्तिम एक महिनामा गतिशील बन्यो। केहि आश्चर्यजनक उपलब्धि पनि आए। तर त्यसभित्र थुप्रै प्रश्नहरु उठाउनेहरु पनि उत्तिकै जोडिएका छन्। सबैको मन एउटा नै हुन्छ तेस्तो कतै पनि हुन्न। तर संघ र सँस्थाको खातिर स्वार्थ होइन बिषयको गंभिर्यतालाइ हेरेर नेतृत्व जानु नै बुद्धिमानि मानिएला।

हुन त संघ अब फुटको संघारमा पुग्यो, अर्को संस्था दर्ता हुने भन्ने सम्मका कुरा पनि नआएका होइनन। तर जे सुकै भएता पनि यो पटकको संघको बिधान सभा भने सजिलै पार हुनेवाल छैन। भिजन २०-२० एण्ड बियोण्ड लगायत थुप्रै कुराहरु समावेस भएनन् भने समस्या आउने निश्चित छ। एक दिनको बिधान सभा दुइ दिन पनि हुन सक्छ।

त्यसैले बिधान सभामा उठाउनु पर्ने कुरा र नेतृवलाइ सोध्नु पर्ने कुराहरुबारे विभिन्न व्यक्तिहरुसंग गरिएको कुराकानीको आधारमा आएका बिषय यहाँ उतारिएको छ।
•संसोधनको लागि प्रस्तावित बिधानमा संघको गत विश्व सम्मेलन/अधिवेशनबाट पारित भिजन २०-२० एण्ड बियोण्ड अनुरुपको संरचनामा बन्नु पर्ने

•प्रस्तावित बिधानमा डेलिगेट्सको प्रतिनिधित्व चयनलाइ जे सुकै भनिएको भएता पनि हरेक एनसीसीहरुको आइसिसीमा पठाइएका जम्मा पंजीकृत सदस्यहरुको १०% ले जे जति हुन आउँछ त्यो हुनुपर्ने।

•आइसीसी सदस्यहरु प्रति १००० पंजीकृत सदस्यहरु बराबर एक जना मात्र। जुन एनसीसीमा १००० सदस्य पुग्दैनन त्यहाँ त्यो क्षेत्र भरिका पंजीकृत सदस्यहरु जोडेर हुन आउने जम्मा सदस्यलाइ प्रति १००० को अनुपातमा एकजना गरेर पाउने। त्यो अवस्थामा तेस्ता आइसीसी सदस्यहरुको लागि क्षेत्रीय स्तरमा चुनाब हुने। अन्यथा सो क्षेत्रका RC/DRC संगै काठमाण्डुमा निर्वाचन गरिने।

•अध्यक्ष एक र बरिष्ठ उपाध्य एक अनि बाँकी ५ उपाध्यक्षहरु राख्ने छुट्टै महिला उपाध्यक्ष नभन्ने। उनीहरु निर्वाचित भएपछि मात्र बिभागिय जिम्मेवारी तोक्ने। विभागीय निर्वाचन होइन पदिय निर्वाचन गर्ने। त्यो प्राबिधिक कर्मचारी जस्तो होइन केवल उपाध्यक्ष मात्र चुन्ने हो।

•समितिको पदाबधी हालको २ बर्षे नै कायम गर्ने

•युवा र दोश्रो पुस्ताको प्रतिनिधित्व बिधानको संरचना भित्र हुनुपर्छ

•एनसीसीहरुको लागि मास्टर बिधान बिनाउने, हरेक एनसीसीले त्यसलाई आगामी २०१९ को विश्व सम्मेलनको ९० दिन पूर्व नै पुरा गरेको हुनुपर्ने छ। अन्यथा तेस्ता एनसीसीहरुको प्रतिनिधित्व विश्वो सम्मेलनमा नहुने। तत् पश्चात पनि मापदण्ड पूर्व नगरेमा तेस्ता एनसीसीहरुलाई रिभोक सर्न सकिने।

•कुनै पनि एनसीसीलाइ कारणबस संबन्धित देशको अदालतको आदेशले भएका निर्णय अनुरुप निर्वाचनमा फरक आदेश दिएमा या निर्वाचन बदरको अवस्थामा सो देशबाट आइसीसीमा प्रतिनिधित्व गर्ने कुनै पनि पदिय व्यक्तिको लागि पनि सोहि देशको सदस्य भएकोले आदेश अनुरुप हुने

•विश्वभरिका सबै एनसीसीहरुका लागि संघको केन्द्रीय सिस्टमको एउटै विण्डोबाट सदस्य बन्ने मापदण्ड राख्ने र सदस्यता ७/२४ खुल्ला हुनुपर्ने

•कुनै पनि व्यक्ति एनसीसीको पदमा छ भने यो व्यक्ति आइसीसीको टास्क फोर्स या अन्य कुनै पनि जिम्मेवारीमा राख्न नहुने/नराखिने

•कमिटी/टास्कफोर्सहरुको निश्चित संख्या तोक्ने। सबै कमिटी र टास्कफोर्सको एउटै ९ सदस्य स्वरुपमा बनाउने। जस्तो कि संयोजक, उपसंयोजक र हरेक क्षेत्रबाट एक/एकजना क्षेत्रीय संयोजक या सदस्य मात्र। हरेक कमिटी ९ सदस्य हुने छ। ६ क्षेत्रका ६ जना, संयोजक र उपसंयोजक गर्दा ८ हुन्छ एकजना सबैभन्दा धेरै सदस्य भएको एनसीसीबाट थप गर्ने अथवा एनसीसी बन्ने संभावना भएको देशबाट लिने।

•संघको मिडिया खस्कियो। तेसैले उपरान्त एक्टिभ रहेका संचारकर्मी या पत्रकार तर संघको अधिवेशनमा डेलिगेट्स भएका मध्येबाट पर्ने गरि एउटा मिडिया कोअर्डिनेटरको पद सृजना गर्ने। यस्ता मिडिया कोअर्डिनेटर अध्यक्षले नियुक्त गर्ने र संघको पहिलो बैठकमा जानकारी गराउने। मिडिया कमिटी उसैको संयोजनमा बनाउने। जे जति मिडियामा सूचना, समाचार, अपडेट जान्छ उसैबाट हुने ब्यबस्था गर्ने

•प्रवक्तालाइ संघको नीतिगत, बिषयगत र विवाद पर्दा अध्यक्षको तर्फबाट प्रस्तुत हुने, अध्यक्ष नपुगेका ठाउँमा प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा राख्ने। प्रवक्तालाइ पनि अध्यक्षले नियुक्ति गर्दै पहिलो बैठकमा नै जानकारी गराउने।

•प्रवक्ता र मिडिया कोअर्डिनेटर दुवैको पदिय क्रम र मान्यता अरु विभागीय संयोजकहरु जस्तै महिला, युवा सरह हुने।

•पदिय जिम्मेवारीमा नभएका तर योजना अनुगमन र कुल्यांकनको अनुभवी एनआरएनहरुको नेतृत्वमा योजना, अनुगमन र मुल्यांकन कमिटी बनाउने

•परिषद, सचिवालय, कमिटी, एनसीसी, कर्मचारी सबैको नियमित रिपोर्टिङ्ग सिस्टमको बिधानमै उल्लेख गर्ने

•पारदर्शीता खस्किदै गयो, बिधानमा त्यसलाई कडाइका साथ् राख्ने

•७९ एनसीसी मध्ये सबैलाई नेपालमा एउटा एउटा प्रोजेक्ट गर्न जिम्मा दिने, यसबाट ८०/१०० वटा प्रोजेक्ट तयार हुन्छ। एनसीसी भनेको केवल डेलिगेट्सको लागि होइन आफ्ना प्रोजेक्टको लागि हुनुपर्छ।

•प्रत्येक महिना हरेक कमिटी, हरेक प्रोजेक्टका जिम्मेवार संयोजक र हरेक बिभागका प्रमुख जस्तोकी महासचिव, प्रबक्ता, कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रिय संयोजक जस्तालाई नियमित रिपोर्टिंग लिने काम गर्ने

•हरेक एनसीसीहरुलाई प्रत्येक महिना उनीहरुले आफ्नो मापदण्ड पुरा गरे या गरेनन हेर्न आर्थिक, बैधानिक र कार्यक्रम रिपोर्ट फर्म्याट अनुसार लिने

अन्तमा, पूर्व अध्यक्ष जीवा लामिछानेको पालामा उठाइएको हाइड्रो फण्ड कता गयो ? अनि संघको नाममा यस्ता फण्ड कति उठाइए तिनको कति रकम जम्मा भयो या भएन, कहाँ हाइड्रो बन्यो, कति नाफा भयो, कति घाटा भयो, त्यसको हिसाब मागियो ? सबैको स्मरणको लागि भनिदिउँ त्यो प्रश्न राख्ने समय ऐले नै हो।