NRNA विधान सभामा सहभागी हुन एनसीसीहरुलाई निर्देशन

Hollywood Khabar September 02,2018 Comments

गैरआवासीय नेपाली संघले  आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषदलाई  विधान सभामा सहभागी हुन आव्हान गरेको छ। आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौंमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई संघले आगामी  अक्टोबर ११  भित्र अनिवार्य रुपमा नाम दर्ता गराउन आह्वान गरेको हो । नाम दर्ताका लागि प्रति सहभागी हुन चाहानेले एक सय अमेरिकी डलर दर्ता शूल्क सचिवालयमा जम्मा  गर्न महासचिव डा. बद्री केसीले आब्हान गर्नु भएको हो  । 
संघको विधानको दफा २९ को उपदफा ३ ले विधान सभामा अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालिन, निवर्तमान र संस्थापक पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, हरेक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष वा निजले तोकेको एक प्रतिनिधि, विभिन्न समतिका संयोजकहरु र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको अन्य १० जना गैरआवासीय नेपाली विज्ञहरु प्रतिनिधिको रुपमा उपस्थिति हुन सक्ने व्यवस्था गरिएको महासचिव केसीले बताउनुभयो ।
साथै विधान सभामा नाम दर्ता गराई सहभागी हुनेहरुले अक्टोवर १३ र १४ का दिन काठमाडौंमा संघद्वारा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनमा समेत सहभागी हुन पाउने व्यवस्था मिलाइएको गरिएको छ । नाम दर्ताको लागि संघको वेवाईट https://nrna.org/ मार्फत पनि गर्न सकिने छ । 
राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुले आफैँ भागलिन नसक्ने भए आधिकारिक प्रतिनिधि पठाउन पाउने व्यवस्था समेत गरिएको छ ।   विधानतस् त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले प्रतिनिधि तोकेको आधिकारिक पत्र समेत इमेल मार्फत सचिवालयमा उपलब्ध गराउनुपर्नेछ । साथै सभामार्फत विधान संशोधन सम्बन्धमा बृहत छलफल हुने भएकोले  विधानमा व्यवस्था भएको व्यक्तिहरु बाहेक प्रतिनिधिका रुपमा आउने सबै पंजिकृत सदस्यहरुका लागि  समेत सहभागिता खुला गरिएको महासचिव केसीले बताउनुभयो ।
यसैबीच संघले विधानमा हुनु पर्ने सुधारका सम्बन्धमा सबै पञ्जिकृत सदस्यहरुबाट राय सल्लाह लिई आफ्नो सुझाव संघको सचिवालयमा पठाउन समेत सबै राष्ट्र्रिय समन्वय परिषदलाई आग्रह गरेको छ।  विधान सभा आगामी अक्टोबर १२ मा काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ।
-चिरन शर्मा, समाचार संयोजक, गैरआवासीय नेपाली संघ