-NRNA अमेरिका चुनाब: बोर्ड सदस्यका उम्मेद्वार पुर्ण चन्द्र बानिया

NRNA अमेरिका चुनाब: बोर्ड सदस्यका उम्मेद्वार पुर्ण चन्द्र बानियालाइ धेरैतिरको समर्थन

Hollywood Khabar May 11,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा बोर्ड सदस्यका उम्मेद्वार पुर्ण चन्द्र बानियालाइ थुप्रैतिरको समर्थन रहेको बताएका छन् ।

एनआरएनए एनसीसी अमेरिको क्यालिफोर्निया राज्य च्याप्टरका पुर्व अध्यक्ष समेत रहेका बानियालाइ धेरैतिरको समर्थन रहेको कुरा हलिउडखबरलाइ बताएका छन्। बानियाले आफू संस्थाप्रति इमान्दार र उदाहरणिय बन्दै पद भन्दा सेवा ठुलो मानेर जाने धारणा राखे। बिद्यार्थी जिबनदेखी राजनितिमा रहेका बानियाले अन्य सामाजिक संस्था हुँदै पछिल्लो समयमा गैरआवासीय नेपाली संघमा सकृयता देखाएका छन्।

उपाध्यक्षका उम्मेद्वार घोषणा गरेका बानियाले सहमति र सहकार्यका लागि भन्दै बोर्ड सदस्यमा मात्र उम्मेद्वार भएका हुन्। पद भन्दा पनि काम गर्ने हो, यो अमेरिका जस्तो प्रजातान्त्रीक मुलुकमा रहेर यस्ता अभ्यास सिक्नु ऐलेमा होइन भाबी पुस्तालाई पनि मेलमिलापको सन्देश दिनु हो, बानियाले भने।

उसो त सबैतर्फका उम्मेद्वार, जनसम्पर्क समितिसंग सम्बद्धपक्ष र समाजका अन्य समुदायले पनि आफूलाई सपोर्ट गरेको कुरा उनले बताए। बानियाले यो पटक बोर्ड सदस्यमा आफुलाई अत्याधिका मतले जिताउन अनुरोध समेत गरेका छन्।