गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाले लेगोसमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।
रोटरी क्लब पाल्म ग्रुभ र महारास्ट्र मन्डला सह आयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल, सोमेश अर्याल, आशा सरकार, भरत सुनार, प्रकाश अर्याल, रोहित भाङ्गर, बिरेन्द्र गुप्ता, अभिशेकमान सिंह, बिदुर घिमिरे, सुरज गिरी, रमेश गुप्ता, रुपा गुरुङ, जिग्नेश देब, सन्दीप सिंह, भरत रिजाल, मनिष नायक लगाएत ६८ जनाले रक्तदान गरेका थिए ।
यो रक्तदान कार्यक्रम एनआरएन एनसीसी नाइजेरियाको तेस्रो पटकको कार्यक्रम हो। कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा, आइसीसी सदस्य चिरञ्जीवी रोका, पुर्ब अफ्रिका क्षेत्रीय उपसंयोजक बिदुर घिमिरे, निबर्तमान अध्यक्ष बिश्वास पौडेल लगाएत पदाधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गरेका थिए।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...