NRNA: बिज्ञ सम्मेलन आयोजकले निमन्त्रणा गर्न रोकिएको छ: प्रवक्ता घिमिरे

Hollywood Khabar March 28,2018 Comments

कृष्ण के सी/अमेरिका
हलिउडखबरको लागि गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद अमेरिका र अन्त्राष्ट्रिय परिषद सदस्य समेतले संघको भनिएको अमेरिकाज क्षेत्रमा आयोजना गरिएको बिज्ञ सम्मेलमा मानम तस्करी हुँदै गरेको किटानीका साथ जानकारी दिए। यति मात्र होइन समाचारको लागि अनुरोध पनि गरे। त्यसपछि सो बिषयलाई मार्च २८, २०१८ मा समाचार सार्वजनिक गरिएको थियो।
बिषयको आधिकारिकता बुझ्न संघको अन्त्रराष्ट्रिय परिषद प्रवक्तासँग सोधिएकोमा उहाँले बुझेर आधिकारिक जानकारी दिने बताउनु भएको थियो। आज मार्च २९, २०१८ मा संघका प्रवक्ता भुषण घिमिरेले सो बिषयमा आधिकारिक जवाफ दिनुभएको छ। विषयको गाम्भीर्यता र संघलाइ नै अवाञ्चित रुपमा लैजाने ब्यक्तिहरुप्रति बेलैमा सचेत र संघलाइ जोगाउन चालेको पछिल्लो कदम र जानकारी प्रति हलिउडखबरलाइ धन्वावाद सहित उहाँले जवाफ दिनुभएको छ। हलिउडखबर प्रवक्ता घिमिरेप्रति आभारी छ।
संघले अमेरिकाज क्षेत्रको बिज्ञ सम्मेलनको अन्तरिक तयारी मात्र गरेको हो। सम्मेलन हुन्छ नै भन्ने अझै टुंगो भएको छैन। तर पनि आयोजकहरुले निमन्त्रणा गरेर तस्करी र अवान्छित गतिविधी गर्न रोक लगाइएको छ। उनीहरुलाई निमन्त्रणा गर्न नै बन्देज लगाइएको छ। संघको आधिकारिकता विना कसैले पनि भिसा निवेदन गर्न सक्ने अवस्था छैन। सबैकुरा सेक्रेटरी अफिसबाट हुनेछन। यो कुरा राजदुतावास समेतलाइ जानाकारी गराइएको छ।
सम्मेलनमा नेपालबाट तोकिएका व्यक्ति मात्र आमन्त्रित हुनेछन र त्यो पनि सेक्रेटरी अफिसले भेरिफाइ गरेर दुतावासलाइ जानकारी गराउने छ। सेक्रेटरी अफिसको सबै कुरा संघको नेतृत्वलाइ जानकारी हुनेछ। संघका आधिकारिक निकाय वा व्यक्ति कहीं कसैबाट त्यस किसिमको अवान्छित कार्य हुननदिन संघले आवश्यक ध्यान दिनेछ प्रवक्ता घिमिरेले भन्नु भएको छ।
यो कदमबाट ठूलो योजना बनएका केही निश्चित व्यक्तिहरु चाउरी पर्ने भएका छन्। त्यसैगरी आयोजक बनेका तर तस्करीप्रति अनविज्ञ आश्चर्यमा परेका निर्दोष व्यक्तिहरु भने सचेत र चोखिने मात्र होइन खुसी पनि हुनेछन्। तर पनि हलिउडखबर खवरदारी र वाच गर्न हरपल रहनेछ।