-NRNA अमेरिका चुनाब: संचारकर्मी दिक्षा बस्नेत महिला संयोजकमा अग्रस्थानमा

NRNA अमेरिका चुनाब: संचारकर्मी, च्याप्टरमा काम गरेकी दिक्षा बस्नेत महिला संयोजकमा अग्रस्थानमा

Hollywood Khabar May 10,2019 Comments

कृष्ण के सी/अमेरिका/५/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा संचारकर्मी, लेखिका तथा क्यालिफोर्निया राज्य च्याप्टरमा वर्तमान महिला संयोजक रहेकी दिक्षा बस्नेत महिला संयोजककी उम्मेद्वार भएकी हुन्।

प्राजातान्त्रीक मुलुकमा बसेर प्रजातान्त्रीक अभ्यास गर्दै डटेर, खटेर र सस्थां प्रतिको दायीत्व निर्बाह गर्न सक्छु भन्छिन बस्नेत। उसो त उनि एक सक्षम लेखिका मात्र होइन संचारकर्मी पनि हुन्।

यस बाहेको एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरमा रहेर महिला संयोजकको रुपमा काम गरिसकेकी छन् बस्नेतले। संघका थुप्रै गतिबिधिहरुमा सकृय सहभागी पनि भएकी छन्, संघलाइ नजिकबाट नियाल्न समेत भ्याएकी बस्नेत सम्पूर्ण गैरआवासीय नेपालीको सहयोग मिल्ने कुरामा बिस्वास राख्दछिन।

एनआरएनए एनसीसी अमेरिकाको महिला सम्यजोक (Women Coordinator) पदमा दिक्षा बस्नेतले आफुलाई मतदिन समेत अनुरोध गरेकी छन्। हाल नेतृत्वको दौरानमा थुप्रै प्रतिस्पर्धीहरु विभिन्न पदका लागि प्रत्यासी छन्। स्वयं दिक्षा बस्नेतको पनि प्रतिस्पर्धा रहेको छ। तर बस्नेत भन्छिन-अमेरिकामा रहेका नेपालीहरु एकतावद्ध भएर सामुहिक ढंगले अगाडी बढ्ने हो भने थुप्रै सफलता पाउन सकिन्न्छ। त्यही एकीकृत सोच नै आफ्नो विजयको आधार हो। उसो त बस्नेतले सदैव एकता, सामुहिकता र सहकार्यमा विश्वास गर्दै महिलाहरुका हक-अधिकारको पक्षमा आवाज र कलम चलाउदै आएकी छन्।