-NRNA Official LOGO

NRNA: बारा र पर्सामा आएको हावाहुरीबाट ३० जना भन्दा बढीको मृत्यु र सयौँ घाइते भएको घटना प्रति गैरआवासीय नेपाली संघद्वारा दुःख प्रकट

Hollywood Khabar March 31,2019 Comments

प्रेस विज्ञप्ति

प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा हिजो आइतवार साँझ आएको हावाहुरीबाट ३० जना भन्दा बढीको मृत्यु र सयौँ घाइते भएको घटना प्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख प्रकट गर्दछ । प्राकृतिक प्रकोपका कारण भएको क्षतिले संघलाई निकै मर्माहत एवं स्तब्ध बनाएको छ ।

ठूलो मात्रामा जनधनको क्षति हुने गरी भएको घटनामा धेरै व्यक्तिको निधन भएकोमा संघ गहिरो शोक व्यक्त गर्दछ र शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै संघ घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

प्राथमिक चरणको आवश्यक राहतका लागि संघ जुटि सकेको छ । यसका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद लगायत अभियान्ताहरुमा यस राहत कार्यका लागि तुरुन्त जुटन तथा सहयोग गर्न आग्रह गर्दछ । यसरी नै संघ यस विपद घडीमा सबै सरोकारवालाहरुलाई राहत कार्यमा सघाउन हार्दिक अनुरोध गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

१ अप्रिल २०१९