-गैरआवासीय नेपाली संघका मुद्धाहरुबारे साप्ताहिक बहस निरन्तर हुने

गैरआवासीय नेपाली संघका मुद्धाहरुबारे साप्ताहिक बहस निरन्तर हुने

Hollywood Khabar October 26,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/२७/२०

गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट प्रत्यक्ष रुपमा आफ्ना कार्य, योजना र संघका गतिबिधिबारे जानकारी गराउन सुरु गरिएको प्रयक्ष संवाद कार्यक्रम निरंतर गरिने भएको छ।

म आफैंले योजना गरेर, निर्माण तथा सम्प्रेषण समेत गर्ने गरिएको कार्यक्रम प्रत्यक्ष संवाद कार्यक्रम अब भने अलिकति फरक रुपमा संचालन गरिनेछ। अब संघका गतिबिधि, गैरआवासीय नेपालीका मुद्धाहरु, नयाँ बिषयहरु, अध्यक्षहरुका एजेण्डा, कार्समितिका काम र कार्यकालबारे चर्का-चर्की बहस कार्यक्रम निरंतर गरिनेछ।

यो बहसले संघका विभिन्न तह र क्षेत्रमा रहेका जिम्मेवार व्यक्तिहरुको कार्य योजना, कार्य दक्षता, सफलता, असफलता, प्राबिधिक पक्ष, संघको स्कूलिङ, संघप्रतिको बुझाइ र उनीहरुको योगदानलाइ प्रष्ट रुपमा ल्याउने छ। खासगरी काम भन्दा राजनैतिक क्षेत्रको शरण लिने र काम नगर्ने अनि सधैं आफूलाई नेता भएको सावित गर्ने खोज्नेहरुको लागि एक प्रहार हुन सक्नेछ भने काम नै गर्नेहरुको लागि प्रस्फुटनको सुनौलो अवसर हुनेछ।

कार्यक्रमको दिन, समय छिट्टै सार्वजनिक गरिनेछ। बहसमा राष्ट्रिय समन्वय परिषद (एनसीसी), क्षेत्र र अन्तराष्ट्रिय परिषद सम्मका जिम्मेवार व्यक्तिहरुको लागि हुनेछ। यस बीच संघका विभिन्न कार्यदल समेत पर्नेछन।

यो पटक पहिलो बहस संघको निशुल्क सदस्यताबारे हुने भएको छ। हरेक बहसलाइ फेसबुक लाइभ गरिनेछ।