-NRNA:एनसीसी अष्ट्रियामा आन्तरिक विवाद चरम रुपमा, पत्र-प्रेस नोट र संबद्धहरुको भनाइ सहित सहित

NRNA:एनसीसी अष्ट्रियामा आन्तरिक विवाद चरम रुपमा, पत्र-प्रेस नोट र संबद्धहरुको भनाइ सहित सहित

Hollywood Khabar January 09,2020 Comments

कृष्ण के सी/अमेरिका/१/१०/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको आन्तरिक विवाद चरम स्तरमा पुगेको छ।

एनआरएनए एनसीसी अष्ट्रियाकी महासचिव भवानी तिवारीको नेतृत्वमा अध्यक्ष बिनोद चौलागाई माथि नै कारवाहीमा गर्नुपर्ने १४ वटा कारण सहित गरिएको जिकिर हलिउडखबरलाइ प्राप्त भएको छ। यस अघि एनआरएनए एनसीसी अष्ट्रियाका अध्यक्ष बिनोद चौलागाईंले आफ्ना गुटको मात्र गोप्य बैठक बसाएर महासचिव सहितलाइ ३ महिना सस्पेण्ड गरेको निर्णय गरेका सार्वजनिक गरिएको थियो।

त्यसपछि विवाद चरम रुपमा बाहिर आएको छ। बिस्तारै विवादले राजनैतिक रुप लिन थालेको छ। गैरआवासीय नेपाली संघमा राजनैतिक रुपको प्रवेसले यो अवस्था ल्याउँछ भन्ने कुरा प्राय सबैले मान्दैनन तर हुन्छ। महासचिव तिवारीले हलिउडखबरसंगको कुराकानीमा भनिन, यो बाहिर आएको कुरा त देखाउने मात्र हो। भित्रि कुरा भने राजनैतिक आस्थाको प्रतिशोध नै हो।

तर एनआरएनए एनसीसी अष्ट्रियाका अध्यक्ष बिनोद चौलागाईंले हलिउडखबरसंगको कुराकानीमा भने फरक कुरा बताए। उनले भने, महासचिव र आफ्नो प्यानल फरक थियो। उहाहरुको अध्यक्ष हारेपछि मलाइ असहयोग गरेकाले यस्तो परिस्थितिको सृजना भएको हो। अन्तमा उहाहरुको हर्कत बढेकाले कारबाही गर्नु परेको हो।

महासचिव तिवारीको भनाइ

अध्यक्ष चौलागाईले आफूलाई एकदम पेलेर लैजानुभयो। सुरु नै एनआरएनए एनसीसी अष्ट्रियाको आधिकारिक फेसबुकको पासवर्डबाट भयो। उहाँले फेसबुक अध्यक्षले मात्र चलाउने भन्दै पासवर्ड माग्नु भयो। मैले पछि भेटेर दिन्छु भनेको थिएँ। त्यसपछि महासचिवले अध्यक्षलाइ संस्थाको सम्पति दिइन भनेर उहानेल महाभारत सुरु गर्नुभयो।

मेरो अनुपस्थितिको अवसर पारि आकस्मिक बैठक बसी फेसबुक पेज चलाएमा महासचिवलाई कारबाही हुने भनेर बैठकमा निर्णय गरिएछ। अनि अर्को बैठकमा महासचिव विवादमा परेको हुँदा अधक्ष्यले बैठक संचालन गर्ने र महासचिवले बिभिन्न कुरामा स्पष्टीकरण दिनु पर्ने भनेर एजेण्डामा नै राखियो। गत महिना सम्म सधैँ बैठकमा म लगाएत मेरा केहि साथीहरुको स्पष्टीकरण लिने र दिने चलिरहेको थियो।

उहाँले ५ जनवरीमा कार्य समितिका पदाधिकारीहरुको लागि मात्र बैठक राख्नु भनि इमेल गर्नुभएको थियो। जबकी विधानमा राम्रोसंग लेखिएको छ सल्लाहकार संरक्षकहरुले पनि सम्पूर्ण बैठकमा उपस्थित हुन पाउँने र सबै क्रियाकलापहरुको बारेमा जानकारी पाउँने भनेर। नियमित बैठक महिनाको पहिलो २ महिना शनिबार तेस्रोमा आईतबार भन्ने थियो। सोहि कुराले लियो विवाद।

अधक्ष्य लगायत ८ जना पदाधिकारीज्युहरुले आइतबार भन्नुभएको थियो। म लगाएत ९ जना पदाधिकारीज्युहरुले शनिबार समय नमिल्ने भन्नुभएको थियो। विवाद चर्कियो मैले लेखिदिए यसरी विवाद हुने हो भने बैठक अर्को हप्ता गरौँ। त्यो पनि पदाधिकारीज्युहरुको उपस्थितिको आधारमा। तर जवाफमा उहाँहरुले जे पायो त्यही लेख्नुभयो। हास्यास्पद कुरा त कसैले बिधान अनुसार बैठक आइतबार हुन्छ भन्न पनि बाकीं राख्नु भएन।

त्यस पछि मैले बैठक शनिबार हुन्छ धेरै पदाधिकारी ज्युहरुको उपस्थिति हुने भएकोले अधक्ष्यज्युको समय मिल्दैन भने भनेर लेखि दिए। त्यसपछि उहाँहरुले आइतबार बैठक राखी महासचिवलाई ३ महिनाको लागि निलम्बन गरियो भनेर माईनुट गर्नु भएछ। कुन विधानको कति नम्बर धाराले दियो उहाँलाई महासचिवलाई निलम्वन गर्ने? त्यसपछि मलाइ नराम्रो बनाउन सामाजिक रुपमा चरित्र हत्या गर्ने काम गरियो। बारम्बार सामाजिक संजालमा जथाभाबी लेखियो। म लगाएत अन्य पदाधिकारीहरुलाई मेसेन्जर ग्रुपमा जति बेला पनि जे पायो त्यही लेखेर अति नै रुपमा मानसिक तनाव दिने काम गरियो। अब यसको समाधान केन्द्रको मातहतमा यहीको समाजले गर्नुहुन्छ।

अध्यक्ष चौलागाईको पत्र

आदरणीय महासचिव ज्यू

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्

विषय: जानकारी गराउने संवन्धमा

 

गैरआवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अस्ट्रियाको आन्तरिक विवाद अहिले तत्काले शुरुभएको होईन । निवार्चनको लगत्तै महासचिवले आफ्नो प्यानलको परिणाम सोचेजस्तो नआएको कारण निर्वाचन दोहोर्याउन निर्वाचन कमिटिलाई निवेदन दिएर परिणाम नस्विकार्ने भन्दै हंगामा गर्नुभएको थियो । त्यस समुहले दिएको निवेदन निर्वाचन कमिटिले स्विकार्न सकेन र मलाई निर्वाचित घोषणा गर्यो । त्यसैबेला देखि नै त्यो समुहले मलाई अध्यक्षको रुपमा स्वीकार्न सकेको थिएन । आजको समस्या त्यहिंबाट नै सुरुभएको हो । म निर्वाचित हुनुनै त्यो समूहको लागि समस्या बनेको थियो ।

संस्थाको गरिमालाई ध्यानमा राखेर मैले यि निर्वाचनका कुराहरु बिर्सेर संस्था कसरी अगाडि बढाउने भनेर कृयाकलाप गर्ने थालेपनि संस्थाको महासचिवले अरु आन्तरिक गुटबन्दि गर्दै कृयाकलाप गर्नु भयो । संस्थाका कार्यक्रमहरुमा कृयाशिल नहुने, जिम्मेवारी लिन अस्विकार गर्ने र कार्यक्रम असफल पार्न तल्लिन रहने । तरपनि म लगायत अन्य कार्यसमितिका साथीहरुले पटक पटक सतर्क गराउने प्रयास गरेका हौं ।

मेरो नैतिकतामाथी प्रश्न उठ्न सक्नेगरी फेसबुकमा अभिव्यक्ति दिने, असक्षम अध्यक्ष भन्दै लेख्ने अधिकार कुनैपनि कार्यसमितिलाई होला र? तर संस्थाको हीतको लागि मैले चुप रहें । धेरै कुरा भए ती सबै मैले सामान्यरुपमा लिएको हो । तर पटक पटक मेरो र आईसीसी सदस्यलाई समेत मुझेर अभिव्यक्ति दिन थालेपछि उहां भाडभैलो गर्न नै तयार भएको यो कार्यसमितिले ठहर गरेको हो ।

एनआरएन युवा संयोजकमा हारभएका एकले ईनास नाम गरेर संस्था खोल्नुभयो जसलाई महासचिव, उपाध्यक्ष, सचिव, महिला कोअर्डिनेटरले सहयोग गरेर उतै कृयाशील भएपछि मैले प्रश्न गरेको हो। एनआरएनएको कुनै पनि कृयाकलापमा समय छैन भन्दै चासो नदेखाउने तर ईनास खोलेर सचिवले महासचिव हुने, महिला संयोजक उपाध्यक्ष हुने, पुरै टिम उतैमात्र कृयाशील हुनेहो भने किन एनआरएन भनेर बस्नुहुन्छ ? भनेर कार्यसमितिले प्रश्न गरेको हो । उहांहरुको पुरै टिम एनआरएनमा निस्कृय बसेपछि हामीले कृयाकलाप गर्न अफ्ठ्यारो पार्ने काम गर्नुभयो। पुरै योजनासहित एनआरएनएलाई टुटाउने षडयन्त्र भैसकेको सबैलाई प्रष्ट भएपछि महासचिवलाई पटक पटक कार्यसमितिले प्रश्न गरेको हो तर महासचिव टार्न र अटेर गर्न सिपालु हुनुभयो ।

त्यसो भनेर एनआरएनएको आफ्नो उदेश्य हीत र गर्नुपर्ने कृयाकलापबाट पछि हट्ने कुरा भएन । महासचिवलाई यसै विषयमा कुरागर्न गत जनवरी ५ मा हामीले वैठक बोलाएको तर उहांले ईन्कार गरि उल्टो ४ तारिकमा बैठक आव्हान गर्नुभयो । त्यो सबै स्कृन सर्टहरु तल छन्) संस्थालाई ब्रेक लगाउने मात्र उदेश्य भएपछि जे भनेपनि हुन्छ, दुखदिन जे गरेपनि हुन्छ भन्दै हंगामा गर्नमात्रै लागिरहने गर्नुभयो। अष्ट्रियाका जनसमुदायमा असक्षम अध्यक्ष भन्दै पटक पटक फेसबुकमा लेख्नु भयो ।

४ जनवरीको महासचिवले बैठक नै राखेर अध्यक्षको विरुद्द कदम चालेको खवर कार्यसमितिबाट नै आएपछि म र मेरो कार्यसमिति वाध्य भएर काम कर्तव्य र अधिकार बाट बञ्चित गर्नु परेको हो । एनआरएनए अष्ट्रियामा जति नै समस्या भएपनि हामीले यस्ताकुराहरु सकेसम्म भित्र नै समाधान गर्न सक्ने विभिन्न बाटोहरु हुन्छ । सल्लाहाकारहरु, संरक्षकहरु,आईसीसी, आईसीसी महासचिव,आईसीसी अध्यक्ष विभिन्न समाधानका बाटाहरु हुंदा हुंदै महासचिवले जंगलीपाराले अध्यक्षनै बर्खास्त गरेको विज्ञप्तीले एनआरएनए अष्ट्रियालाई ठूलो समस्यामा ल्याएर उहाको भताभुङ्ग पार्ने लक्षमा पुग्न सफल हुनुभएको छ ।

निर्वाचन परिणाममा मेरो विजयलाई स्वीकार्न नसक्ने समूहहरु निरन्तर रुपमा संस्थालाई धरापमा राख्ने कृयाकलाप, मानहानी, संस्था नै टुटाउन प्रोपोगाण्डा मच्चाउने गर्नुभएको विज्ञप्तीले प्रष्ट पारिसकेको छ ।

सल्लाहाकार र संरक्षकहरुको सरसल्लाहबाट हामी निरन्तर यस विषयमा छलफल गरेर समाधानको बाटो अपनाउने प्रयत्न गर्ने छौं तर महासचिवको यस विज्ञप्तीले समाजमा नराम्रो संदेश छाडेको जानकारी गराउन चाहन्छु ।

मिल्ने मिलाउने भन्दै कृयाशील नभएर संस्थालाई भुमरीमा लैजानुको एउटै लक्ष हो निर्वाचित अध्यक्षलाई स्वीकार्न नचाहने, मेरो गोरुको बाह्रै टक्का, अटेर र घमण्डको अगाडि यो कार्यसमितिको केहि नलागेपछि कार्यसमितिले वाध्य भएर ३ महिनाको लागि काम कर्तव्य र अधिकारबाट बञ्चित गरेको हो त्यसमा बहुमतले निर्णय गरेको हो, म एक्लैले होईन ।

महासचिव ज्यू तपाईं आफै भन्नुहोस्, तोकिएको बैठक अगाडिको दिनमा महासचिवले बैठक बोलाएर अध्यक्षलाई नै बर्खास्त गर्ने षड्यन्त्र गर्दछ भने कुन कार्यसमितिको बहुमतले अविस्वासको प्रस्ताव गर्दैन ? त्यसमा पनि हामीले ३ महिनाको लागि मात्र चेतावनी स्वरुप त्यसो गरेको हो र यसमा आईसीसी सदस्यलाई पनि राम्ररी जानकारी गरेर गरिएको हो ।

गैरआवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अस्ट्रियाले पदाधिकारीहरुबीच सुचना र संवाद प्रवाह गर्न सहज होस भनी खोलिएको फेसबुक मेसेन्जर ग्रुपमा समेत निस्कृय रहने, प्रवाह गरेका सुचना नपढ्ने र पढेपनि कुनै प्रतिक्रिया नदेखाई सुचना र समुहको अवहेलना गरी अनुशासनहीनता प्रदर्शन गर्ने कार्य महासचिव समर्थित समुहबाट भएको थियो।

जनवरी ४ तारिखमा बैठक आफ्नो हिसाबमा बस्ने, बैठकमा उपस्थित नै नभएका पदाधिकारीहरुको इलेक्ट्रिक हस्ताक्षर संकलन गरी निर्णयलाई अनुमोदन गर्ने र अध्यक्षले बोलाएको बैठकमा उपस्थित नभई अर्को संस्थाको कार्यक्रममा सहभागी हुनुले महासचिवलगायत महिला संयोजक र सचिव कुनै पनि तबरले बदनाम गरी संस्था खारेज गर्ने नियतमा लागेको प्रस्ट हुन्छ ।

हालै उहांहरुद्वारा जारी गरेको प्रेस विज्ञप्ति अनुशासनहीनताको चरम उदाहरण रहेको छ। यी सबै बुंदाहरुलाई दृष्टिगत गरी अब हामीले गर्न सकिने र गर्नुपर्ने कदमको बारेमा जानकारी गर्नुहोला ।

एनआरएनए अष्ट्रियालाई तहसनहस पारेर विघटनको संघारमा पुर्याउने महासचिवको उदेश्य र कदमहरु उपर छानबिन होस् र आवस्यक कार्वाहीको अनुमोदन गरियोस् ।

एनआरएनएको विज्ञप्तीमा ५ जनवरीमा खोलिएको संस्था ईनासलाई गरिमामय संस्था भनेर सम्वोधन गरिनु र भियनाका अन्य संस्थाहरुलाई यसको वोदार्थ दिनुबाट पनि प्रष्टहुन्छ विद्रोह गरेर कस्तो खिचडि पाक्दै छ भनेर ।

हामी तुरुन्त संरक्षक परिषद् र सल्लाहकारहरु सहितको विशेष भेला बोलाउने तयारी गर्दैछौं । हाम्रो कार्यसमितिलाइ प्रष्ट थाहा छ यो भताभुङ्ग पारेर संस्था डुवाउने षडयन्त्र भएको हो त्यसकारण अब हामी यसको छलफल सल्लाहाकार र संरक्षक समितिको रोवहरमा बसेर गर्ने तयारी गर्दैछौं ।

धन्यवाद ।

बिनोद चौलागाई

अध्यक्ष

गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अस्ट्रिया

मिति :- ९ जनवरी २०२०

महासचिव तिवारी र अन्य ९ जनाको निर्णय सहितको प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको प्रेस बिज्ञप्ति

आदरणीय गैर आवासीय नेपाली संघका संस्थापक, पुर्व,निवर्तमान तथा वर्तमान कार्य समितिका पदाधिकारी,सदस्य, तथा सल्लाहकार ज्युहरु साथै यस गैरआवासीय नेपाली संघ अभियानका समस्त अभियन्ता एवं पन्जिकृत सदस्य लगायत आम नेपाली समुदायहरुमा नमस्कार।

गैर आवासीय नेपाली संघको अभियान आफैंमा सवैको साझा र नाफारहित सामाजिक संस्था हो जुन संस्थामा आवद्ध नेतृत्व तथा आम व्यक्तिहरु सामाजिक र सवैको साझा व्यक्तिको रुपमा उपस्थित हुन त्यत्तिकै आवस्यक पर्दछ। एकातिर संस्था संचालनका विधि, प्रक्रिया र पद्धति लाई अनुसरण गर्नु पर्ने दायित्व रहन्छ भने सामाजिक संस्थालाई सवैको सहमति सहकार्य र आपसी मेलमिलाप वाट अगाडि वढाउनु प्रमुख दायित्व हुन आउँछ।

अधिवेशन सम्पन्न भए पश्चात संस्थाले गर्ने मनोनयन र सामान्य वैठक आव्हान गर्ने र निर्णय गर्ने सम्म पनि न्यूनतम विधान र प्रक्रियाको पालना नगर्ने एनआरएनए अष्ट्रियाका अध्यक्ष वाट पछिल्लो समय समितिका महासचिव लाई विना कारण निलम्बन गरि महासचिवको सामाजिक मान साम्मानमा आँच पुर्याएको, भ्रामक मिडियावाजी गरि समितिका पदाधिकारीहरुलाई अपमानित गर्ने जस्ता संस्थाको विधि विधान र पद्धति विपरित गतिविधि सञ्चालन गरेका कारण संस्थाका वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा वसेको वैठकले अध्यक्ष विनोद चौलागाईंलाई असक्षम अध्यक्ष करार गर्दै संस्थाको शाख बचाउनको निम्ति अन्तर्राष्ट्रिय समन्वय परिषदबाट आधिकारिक पदाधिकारीहरु अष्ट्रिया उपस्थित भइ विवाद समाधान नगरिन्जेल सम्मको लागि विनोद चौलागाईंलाई अध्यक्ष पदबाट वरखास्त गर्दै वरिष्ठ उपाध्यक्ष श्री बिकाश कार्कीलाई कार्यवाहक अध्यक्ष घोषणा गरि सोही बमोजिम अगाडि बढ्ने निर्णय गरिएको छ ।

सामाजिक संस्थामा समझदारी र सहमतिको वातावरण बिना कुनै पनि गतिविधिहरु प्रभावकारी नहुने सर्वविदितै छ। कमिटि गठन भएको ५ महिना वितिसक्दा पनि संस्थाले गति लिन नसक्नु यसको ज्वलन्त उदाहरण हो। पटक पटक अध्यक्षबाट मनपरी ढंगले संस्था चलाउन खोज्दा त्यसको प्रत्यक्ष असर आम अष्ट्रियाबासी नेपालीहरुले भोग्नु परिरहेता पनि पदिय मर्यादाको ख्याल राख्दै अध्यक्ष र वहाँको सहयोगीहरुको अवैधानिक र असामाजिक गतिविधिहरुको बारेमा सार्वजनिक नगरि सुध्रने मौका प्रदान गरिएको थियो। तर संस्थाको अस्तित्व माथि नै खेलवाड हुन थाले पछि अब भने आम गैर आवासीय नेपालीहरुलाई छर्लंङ्ग पार्नु पर्ने आवश्यकता ठानी वहाँको अवैधानिक कदमहरु बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छौँ।

(१) एनआरएनए ले संस्थाको महत्वपूर्ण ओहदामा बसेर योगदान गरिसकेका व्यक्तित्वहरुलाई सम्मान गर्ने र अभिभावक को रुपमा स्थान दिने संस्कृति बोकेको छ, तर निवर्तमान अध्यक्ष (जो एनआरएनए अष्ट्रियाको विधान अनुरुप स्वतस्फुर्त संरक्षक समितिको सदस्य हुन्छ र हरेक बैठक सभाहरुमा उपस्थित हुने अधिकार राख्दछ ) लाई संस्थाको बैठकमा कसले उपस्थित हुने अधिकार दियो भनि अपमानित गरिएको। वहाँलाइ विधानले स्वत स्फूर्त संरक्षक समिति सदस्य हुने प्रावधान भएको अवस्थामा वहाँलाइ संरक्षक भनि सम्वोधन गर्दा महासचिवलाइ स्पष्टिकरणको लागि सोधिएको।

(२) संस्थापक अध्यक्ष ज्यू जो एनआरएनएको इतिहासमा नै पहिलो एनसीसी महिला अध्यक्षको रुपमा चिनिनु हुन्छ , वहाँलाई संरक्षक समितिमा स्थान दिनु पर्छ भनि प्रस्ताव गर्दा, वहाँ को हो म चिन्दिन, भनी वहुमतको आधारमा वहाँलाइ संरक्षक समिति सदस्य नराख्ने निर्णय गर्दै संस्थापक अध्यक्षको अपमान गरिएको । एनआरएनए अष्ट्रियाको पूर्व कार्यसमितिको नेतृत्वदायी भूमिका निर्वाह गरेका पदाधिकारीहरुलाई बेवास्ता गरि आफु निकटका व्यक्तिहरुलाई मात्र नियुक्ति गरि संस्थालाई साझा संस्था बनाउनुको बदला निजीकरण गर्न तर्फ उन्मुख भएको। मनोनित कमिटि सदस्यले सार्वजनिक रुपमा नै एनआरएनए अष्ट्रिया एउटा नेपाली राजनैतिक पार्टीको भात्री संगठन हो भनेर फेस बुकमा लेख्दा पनि कुनै आपत्ति जनाउने सम्म नगरी एनआरएनए अष्ट्रियालाइ राजनैतिक पार्टीको अखडा बनाउने तर्फ उन्मुख भएको।

(३) एनआरएनएले साझा संस्थाको रुपमा सबै नेपाली संघ संगठनहरुको जगेर्णा गर्दै अभिभावकको रुपमा भूमिका खेल्दै आईरहेको संस्कृतिलाई लत्याउँदै इनास जस्तो गरिमामय संस्था अष्ट्रियामा गठन हुँदै गर्दा त्यो अभियानलाइ सफल हुन नदिन हदै सम्मको भूमिका खेली विश्व नेपाली जगतमा अष्ट्रियाबासी नेपालीहरुको शिर झुकाईदिएको। इनासको कार्यसमितिमा सम्मिलित भएको एनसीसी अष्ट्रियाका पदाधिकारीहरु (जो कलाकारिता संग सम्वन्धित छन् ) लाई अनावश्यक लान्छना लगाई लिखित र मौखित स्पष्टिकरणको माग गर्दै अध्यक्षद्वारा वैठकमा एजेण्डा राखिएको । अध्यक्ष वाट वारम्वार कारवाही, निर्देशन, निलम्वन, लिखित र मौखिक स्पष्टिकरण जस्ता शव्दहरू पटक पटक लिखित र मौखित रूपमा प्रयोग गरिएकोले सामाजिक संस्थाको मर्म र भावनामा चोट पुर्याइएको।

(४) ५ जनवरी २०२० मा इनास अष्ट्रियाको समुद्घाटन कार्यक्रमलाई विफल पार्न त्यहि समयमा एनआरएनए अष्ट्रियाको मासिक बैठक हुनु पर्छ भनि महासचिवलाई दवाव दिएको र बैठक अघि या पछि सारौँ भन्ने प्रस्तावलाई लत्याउँदै महासचिवको वैठक सुचनालाई ख्याल नगरी जनवरी ५ मा नै बैठक गरिएको ।

(५) महासचिव, ३ जना उपाध्यक्षहरु, सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, महिला संयोजक लगायत अन्य निर्वाचित सदस्यहरु इनासको समुद्घाटन कार्यक्रममा व्यस्त भएको समयमा वैठक राखी मनोमानी ढ्गले अवैधानिक निर्णयहरु गरिएको।

(६) संस्थाको आधिकारिक बैठकबाट पारित भएका र माइन्युट भएका बिषयहरु कोठे बैठक बसी तोड मोड गरेर सार्वजनिक सुचना जारि गर्ने जस्ता गैर जिम्मेवार पूर्ण व्यवहार वारम्वार दोहोर्याएको। संस्थाको आधिकारिक वैठकद्वारा पारित गरेका महत्वपूर्ण (संरक्षक, सल्लाहकार) समिति सदस्यहरुको नामावली अवैधानिक बैठक बसी उल्ट्याईएको।

(७) नेपाली समाज र विधानले संस्थाको महासचिवलाई दिएको अधिकार खोसी तानशाह प्रवित्ति देखाएको। विधान अनुरुप महासचिवको अनुपस्थितिमा सचिवले कार्यभार सम्हाल्नु पर्ने स्पष्ट संग उल्लेख गरिएको भए पनि संस्थाको बैठकमा बहुमतको धमास देखाई महासचिवको कार्यभार नै आफुले मनोनित गरेको प्रवक्तालाई दिन खोज्ने जस्ता लज्जास्पद कार्य गरेको । यहाँ स्मरण गराउँछौँ कि विधान अनुरुप महासचिवले संचालन गर्नुपर्ने सुचनाका माध्यम जस्तो कि आधिकारिक फेसबुक को पासवर्ड बदलि महासचिवलाई एडमिनबाट हटाउने घृणित प्रवित्तिको कार्य गरेको।

(८) विश्व महिला फोरममा आफ्नो छुट्टै पहिचान बनाउन सफल महिला फोरम अष्ट्रियालाई नाजुक अवस्थामा पुर्याउन महिला फोरम अष्ट्रियाले आयोजना गर्दै आइरहेको कार्यक्रम महिला संयोजकलाई जानकारी नै नदिई यस वर्ष एनसीसीले गर्न लगाउने जस्ता कृयाकलापमा अध्यक्ष खुलेर लागेको जसले गर्दा केहि गरौँ भनि जागरुक भएर आएका महिला दिदि बहिनिहरुलाई निरास वनाई पुनः निस्कृय बनाईएको ।

(९) माइन्युट तथा संस्थाका पदाधिकारीहरूलाई जानकारी नगराई संस्थाको बजेट प्रयोग गर्ने गरेको, उपाध्यक्ष ज्यूहरू, महासचिव,सचिव, महिला संयोजक लगायतका पदाधिकारीहरू संग विना संपर्क, विना कल कन्फरेन्स कार्यक्रमको आयोजना गर्ने गरेको, संस्थाको ढुकुटी आफु खुसीले प्रयोग गर्ने गरेको र कार्यक्रम सकिएको महिनौ वितिसक्दा पनि त्यो कार्यक्रम गरे वापतको कुनै आय व्ययको विवरण प्रस्तुत नगरेको।

(१०) संस्थाको विधानले प्रावधान गरे अनुसार मनोनित भएर कार्यसमिति सदस्य बन्न सफल व्यक्ति, जुन विधानको माध्यमद्वारा समिति सदस्य बन्न सफल भयो त्यहि विधान मान्दिन भनि खुल्ला रुपमा अभिव्यक्ति दिँदा सचेत सम्म गराउन नसकेको ।

(११) आधिकारिक बैठकको दौरानमा महिला पदाधिकारीहरुलाइ टेबल ठटाएर तर्साउने, अपमान जनक शब्दहरु प्रयोग गर्ने गरेको र महासचिवलाइ अंग रक्षक लिएर हिड्ने गर भनि धम्कि दिइएको जसको ध्यान आकर्षण गराउँदा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले वास्ता नगरी गैर जिम्मेवारीपना देखाएको जसले गर्दा पदाधिकारीहरु बैठकमा उपस्थित हुन पनि असुरक्षित महसुस गर्न थालेको।

(१२) वरिष्ठ उपाध्यक्ष जस्तो सम्मानित पदमा भएको व्यक्तिलाई कुर्सिमा राखेर लात्तीले हान्नु पर्छ भन्ने जस्ता तल्लो स्तरको प्रतिकृया दिने कार्यसमिति सदस्यहरु उपर कुनै चेतावनी वा त्यस्तो व्ययहार नगर्न सचेत सम्म गराउन नसकेको ।

(१३) एनआरएनए अष्ट्रियाको अध्यक्षको रुपमा हुँदा हुँदै सामाजिक गतिविधिमा सक्रिय महिलाको फेस बुक वालमा गएर प्रयोग गर्ने नमिल्ने शब्द प्रयोग गरेको र निज महिला न्यायको निम्ति उजुरी लिएर एनआरएनए केन्द्रमा पुग्ने मनस्थितिमा रहेको।

(१४) एनआरएनए अष्ट्रिया २०१७-२०१९ कार्यसमितिले सफलता पुर्वक र विवाद रहित तरिकाले क्षेत्रीय समन्वय परिषदहरु साल्जबर्ग, इन्सब्रुक, ग्राज र लिञ्ज गठन गरि सफलतापुर्वक गतिविधिहरु संचालन गरेको इतिहास हुँदा हुँदै नयाँ कार्यसमिति गठन भएको ५ महिना भइ सक्दा पनि ग्राज र लिञ्जमा नयाँ क्षेत्रीय समन्वय परिषद गठन गर्न नसकेको। संस्थाको महासचिवले त्यस तर्फ ध्यान आकर्षण गराउन खोज्दा पनि वास्ता नगरेको। यहाँ स्मरण गराउन चाहन्छौँ विधान अनुरुप एनसिसि गठन भएको ३ महिना भित्र क्षेत्रीय समन्वय परिषद गठन गरि सक्नु पर्ने छ।

यी बाहेक विधान र आफैले अनुमोदन गरेको आचार संहिता उलंघनका कैयौँ दृष्टान्त छन् जुन हामी कुनै दिन आम भेला भएको खण्डमा सबैको सामु राख्न सक्नेछौँ । माथि उल्लेख गरिएका हरेक बुँदाहरुलाई प्रमाणित गर्नु परेको खण्डमा प्रत्यक्षदर्शी र दस्तावेजहरु हामिसंग सुरक्षित रहेको पनि जानकारी गराउँदछौं।

यि यावत कारणहरुले गर्दा संस्थाका वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा वसेको वैठकले विनोद चौलागाईंलाई असक्षम अध्यक्ष करार गर्दै संस्थाको शाख बचाउनको निम्ति अन्तर्राष्ट्रिय समन्वय परिषदबाट आधिकारिक पदाधिकारीहरु अष्ट्रिया उपस्थित भइ विवाद समाधान नगरिन्जेल सम्मको लागि विनोद चौलागाईंलाई अध्यक्ष पदबाट वरखास्त गर्दै वरिष्ठ उपाध्यक्ष श्री बिकाश कार्कीलाई कार्यवाहक अध्यक्ष घोषणा गरि सोही बमोजिम अगाडि बढ्ने निर्णय गरिएको जानकारी गराउँदछौँ ।

वोदार्थ:

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद

एनआरएनए युरोप क्षेत्र

नेपाली राजदुतावास भियन्न

अष्ट्रिया स्थित नेपाली संघ संस्थाहरु ( नेसास , इनास र जनजाती महासंघ )

(१) बरिष्ठ उपाध्यक्ष ( बिकाश कार्की )

(२) उपाध्यक्ष ( कुमार अधिकारी )

(३) महिला उपाध्यक्ष (आशा थापा)

(४) महासचिव (भवानी तिवारी)

(५) सचिव (शुभद्रा भण्डारी )

(६) सह कोषाध्यक्ष ( दुर्गा ढकाल )

(७) महिला संयोजक (सम्झना बोहरा )

(८) सदस्य (शेखर लामा )

(९) सदस्य ( बिरेन्द्र ब. पुन )

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रिया

यी सबै विवाद सुनेपछि गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मासंग सम्पर्क गरियो। महासचिव डा शर्माबाट मिलाउने प्रयास हुँदै गरेको जानकारी पाइयो।

आइसीसी महासचिव डा शर्माको पत्रको प्रति:

भवानीजी तथा एनआरएनए अष्ट्रियाका पदाधीकारीज्यूहरु,

युरोप क्षेत्रीय संयोजकज्यू र म स्वयम् उपस्थिति भएर यो बिषयको समाधान आन्तरिकरुपमा खोज्ने प्रयास स्वरुप संयोजकज्यूले हिजो बैठक बोलाउनु भएको थियो तर भवानीजी लगायत केही साथीहरुको समय नमिलेका कारणले बैठक भोली सारिएको थियो।

उक्त बैठकको प्रतिक्षा नगरी सार्वजनिक रुपमा वक्तब्य आउनु दुखको कुरा हो । यस बिषयमा भोली १० (११ जनवरी हुनुपर्ने, उहाले सच्चाएर पठाएको जानकारी दिएपछि) जनबरी साँझ ५ बजे (यूरोप समय) अध्यक्ष, महासचिव, आईसिसि सदस्यलाई बैठकमा अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गर्दछु। उक्त बैठकमा युरोप संयोजकज्यूले निमन्त्रणा गर्नु भएका साथीहरुको पनि उपस्थित हुनुहुनेछ ।

एनआरएनए अष्ट्रियाका सबै पदाधीकारीज्यूहरुलाई संघको आन्तरिक बिषयलाई आन्तरिक रुपमै समाधान गर्न र संघको मर्यादामा आँच आउने गरी सार्वजनिक रुपमा बसह र वक्तब्यबाजी नगर्नको लागी अनुरोध गर्दछु।

हेम राज शर्मा

महासचिव

गैरआवासीय नेपाली संघ