NRNA Asia and The Pacific Regional Meeting 2018

NRNA: गैरआवासीय नेपाली संघको एशिया प्रशान्त छैठौं र माहिलाहरुको प्रथम बैठक

Hollywood Khabar October 21,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको छैठौं क्षेत्रिय बैठक तथा सो क्षेत्रका महिलाहरुको प्रथम बैठक आगामी डिसेम्बर ८-९, २०१८ मा हङकंङमा आयोजना गरिएको छ।
बैठकको लागि संवृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैरआवासीय नेपालीलाइ अधिकार भन्ने थिम तय गरिएको छ।
 
गैरआवासीय नेपाली संघले प्रत्येक अडवर्षमा संघको बिश्व सम्मेलन तथा अधिवेशन र इभनबर्षमा क्षेत्रिया सम्मेनल र क्षेत्रीय बैठक गर्दै आएको छ। यसबर्ष क्षेत्रीय सम्मेलन गरिएन, काठमाण्डौमा बिधान सभाको आयोजना गरियो।
 
क्षेत्रीय रुपमा गरिने बैठक र भेलाहरु संघको लागि नीति-निर्माणमा अत्यन्तै महत्वपूर्ण मानिन्छ। बिगतमा नीतिगत कुराहरु तेस्तै भेला र सम्मेलनहरुबाट पारित हुँदै गएर केन्द्रिय सम्मेलन/अधिवेशनबाट पास भएका छन्।
 
यो पटक एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय छैठौं क्षेत्रिय बैठक तथा प्रथम महिला बैठक आगामी डिसेम्बर ८-९, २०१८ मा हुने भएको छ। बैठकको थिम अनुसार हेर्दा नेपालमा लगानी र गैरआवासीय नेपालीहरुको अधिकारका कुरालाई धेरै उठाउने कुरा स्वभाविक रुपमा देखिएको छ।