-गोविन्द प्रसाद श्रेष्ठ क्षेत्रीय संयोजक, एशिया प्रशान्त क्षेत्र गैरआवासीय नेपाली संघ

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय बैठकमा एनआरएनहरु सबैलाई आरसी श्रेष्ठको नोम्तो

Hollywood Khabar September 12,2020 Comments

आदरणिय सबैमा सादर आमन्त्रण;

गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय भेला एवं बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलन अनलाईन मार्फत यही आउने सेप्टेम्बर २६ र २७ मा हुन लागेको महोदयमा सहर्ष जानकारी गराउँदछु।

उक्त क्षेत्रीय बैठकमा एशिया क्षेत्रमा रहेका १० वटा भन्दा बढी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिष्दका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु, संरक्षक परिषदका सदस्यहरु, सल्लाहकारहरु, मानार्थ परिषदका सदस्यहरु र अन्य विशिष्ट व्यक्तित्वहरुका साथै नेपाल सरकारका प्रतिनिधिहरुको सहभागीता रहने छ।

यस क्षेत्रीय भेला तथा बैठकको मुल विषय "Repatriation, Reintegration and Employment of Nepali Migrants Workers" रहेको छ। यसै विषयमा आधारीत भएर विभन्न शत्रहरु संचालन गरिने भएको छ। भेलाको दोश्रो दिन क्षेत्रीय विज्ञ सम्मेलन आयोजना गरिने समेत अवगत गराउन चाहन्छौं।

यसै सन्दर्भमा उक्त क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनमा आतिथ्यताका रुपमा सहभागीताका लागि सबैमा सादर अनुरोध गर्दछु। भर्चुअल बैठकको उद्घाटन शत्रको कार्यक्रम २०२० सेप्टेम्बर २६ का दिन नेपाली समय अनुसार विहान १० बजे देखी बेलुका ५ बजे सम्म हुने छ । आयोजक समितिले अनलाईन बैठकको लिंक यहाँहरु समक्ष उपलब्ध गराउने जानकारी समेत गराउंदछौं ।

यहाँहरु सबैलाई अनलाईन बैठकमा स्वागत गर्न पाउने अभिलाषाका साथ,

भवदीय,

गोविन्द प्रसाद श्रेष्ठ

क्षेत्रीय संयोजक, एशिया प्रशान्त क्षेत्र

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्

सेप्टेम्बर १३, २०२०